बिहीबार, वैशाख १३, २०८१

फिफा विश्वकप ट्रफीको मूल्य र महत्त्व

नेपालखोज २०७९ मंसिर २१ गते १५:१७

काठमाडौं । फिफा विश्वकप- २०२२ नोभेम्बर २० मा कतारमा सुरु भएको थियो र यसको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ। यस पटक च्याम्पियन बन्ने लडाई अब उत्कृष्ट ८ मा पुगेको छ । संसारभरका देसको प्रारम्भिक छनौट हुँदै उत्कृष्ट ३२ , त्यसपछि उत्कृष्ट १६ अनि उत्कृष्ट ८ हुँदै अब यो प्रतियोगिता उत्कृष्ट ४ मा अनि २ हुँदै बिजेता सम्म पुग्नेछ । यस हिसाबले फिफा विश्वकपको ट्रफी एउटा देसले मात्र उचाल्ने छ र त्यो पनि ४ वर्षका लागि मात्र । यति मेहनत र लगानि अनि कठोर संघर्ष बाट प्राप्त हुने यो ट्रफीले दिने मान- सम्मान तथा आत्मसन्तुष्टि पनि अपुर्ब नै हुन्छ । यता यो ट्रफीको मूल्य पनि आश्चर्यमा पार्ने खालको छ । यति मात्र होइन, यो ट्रफीमा अरु पनि विशेष कुरा छ ।

ट्रफीको मुल्य २३० करोड रुपैयाँ : फिफा विश्वकप ट्रफी विश्वको सबैभन्दा महँगो खेल ट्रफी हो र यसको लागत लगभग २३० करोड रुपैयाँ छ। यो ट्रफीको विशेषता यो १८ क्यारेट सुनले बनेको हो र यसको वजन करिब ६ किलो (१३ पाउण्ड) छ । यो विश्व कप ३७ सेन्टिमिटर (१४ इन्च) भन्दा अग्लो छ र यसमा दुईवटा मानव हातले पृथ्वी लाई समातेको कुरा चित्रण गरिएको छ। फिफा विश्वकप बनाउँदा यसको लागत ५० हजार डलर थियो तर अहिले यसको लागत २३० करोड रुपैयाँ पुगेको छ । यो ट्रफी सन् १९७१ मा मिलानका कलाकार सिल्भियो गज्जानिगाले तयार पारेका थिए ।

ब्राजिलले लगातार तीन पटक प्रतियोगिता जितेर अघिल्लो ट्रफी राख्ने अनुमति पाएपछि फेरि तयार पारिएको यो ट्रफी यसअघि विश्वकपको नेतृत्व गर्ने फिफाका तेस्रो अध्यक्षको सम्मानमा यसलाई जुल्स रिमेट ट्रफी नाम दिइएको छ ।

प्रतिक्रिया