शुक्रबार, चैत १६, २०८०

विश्वकप फुटबल-२०२२ : क्वाटरफाइनलमा के होला ?

नेपालखोज २०७९ मंसिर २२ गते ६:२२

काठमाडाैं । विश्वकप फुटबल अन्तरगत क्वाटरफाइनलको समिकरण पूरा भैसकेको छ । अन्तिम दिनको प्रीक्वाटरफाइनलबाट मोरक्को तथा पोर्चुगलले आ-आफ्नो खेलमा जित निकालेर क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

त्यस अघिका प्रीक्वाटरफाइनल ( उत्कृष्ट १६ ) बाट नेदरल्यान्ड्स , इंग्ल्याण्ड , अर्जेन्टिना , फ्रान्स , ब्राजिल तथा क्रोएसियाले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन । गएको मंगलबार भएको खेलबाट दुई युरोपेली देस स्पेन तथा स्वीटजरल्याण्ड घर फर्किएका छन् । त्यसअघिका प्रीक्वाटरफाइनलबाट सेनेगल , जापान , कोरिया , अमेरिका , अष्ट्रेलिया तथा पोल्याण्ड पराजित हुँदै घर तर्फ लागिसकेका छन ।

टप १६ पछिको समिकरण अनुसार अब टप ८ का खेलमा नेदरल्यान्ड्स तथा अर्जेन्टिना , इंग्ल्याण्ड तथा फ्रान्स , ब्राजिल तथा क्रोएसिया, मोरक्को तथा पोर्चुगल क्वाटरफाइनलका लागि एक अर्काको प्रतिस्पर्धि हुनेछन् ।

अब मंसिर २३ गते शुक्रबार साँझ ८ : ४५ बजे ब्राजिल तथा क्रोएसिया एवं राति १२ : ४५ बजे नेदरल्यान्ड्स तथा अर्जेन्टिना बिच महाभिडन्त हुनेछ भने मंसिर २४ गते शनिबार साँझ ८ : ४५ बजे इंग्ल्याण्ड तथा फ्रान्सअनि राति १२ : ४५ बजे मोरक्को तथा पोर्चुगल बिच महासंग्राम चल्नेछ ।

क्वाटरफाइनलको तालिका

मंसिर २३ गते शुक्रबार साँझ ८ : ४५ बजे ब्राजिल तथा क्रोएसिया

मंसिर २३ गते शुक्रबार राति १२ : ४५ बजे
नेदरल्यान्ड्स तथा अर्जेन्टिना

मंसिर २४ गते शनिबार साँझ ८ : ४५ बजे इंग्ल्याण्ड तथा फ्रान्स

मंसिर २४ गते शनिबार राति १२ : ४५ बजे
मोरक्को तथा पोर्चुगल ।

कतार विश्वकप फुटबल -२०२२ को सेमिफाइनल मंसिर २७ गते मंगलबार तथा मंसिर २८ गते बुधबार हुनेछ । यसैगरी तेस्रो स्थानका लागि पुस २ गते शनिबार सेमिफाइनलका पराजितहरु भिडनेछन ।
यो विश्वकपको फाइनल पुस ३ गते आइतबार साँझ ८:४५ बजे हुने निर्धारित कार्यक्रम छ ।

प्रतिक्रिया