शुक्रबार, वैशाख ७, २०८१

विश्वकप फुटबल-२०२२: गोल्डेन बुटको दौड

नेपालखोज २०७९ मंसिर २२ गते १०:५३

काठमाडाैं । यतिबेला कतारमा चलिरहेको ‘फिफा विश्वकप’ प्रति खेलप्रेमीहरुमा बिशेष उत्साह देखिन्छ । शीर्ष १६ खेल सम्पन्न भइसकेका छन् र अब क्वाटरफाइनलमा ८ उत्कृष्ट टिम आमने-सामने हुनेछन् । यसक्रममा यो विश्वकपको सबैभन्दा चर्चित अवार्डको कुरा गरौं । सुनको (गोल्डेन) बुटका बारेमा त सबैलाइ थाहै छ । यो अवार्ड फिफा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई दिइन्छ । केही दिग्गजहरू सहित विश्वका उत्कृष्ट युवा फुटबलरहरू यो एलिट ट्रफीका लागि एक अर्कासँग प्रतिस्पर्धा गर्छन्।
यस पटक यो दौडमा कुन-कुन खेलाडी सामेल छन् त ?

यसमा आउने पहिलो नाम हो-फ्रेन्च स्टार फुटबलर केलियन एमबाप्पे । यो विश्वकपमा अहिलेसम्म सबैभन्दा बढी ५ गोल उनकै नाममा छ । २३ वर्षीय एमबाप्पे अहिले गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् । फ्रान्सलाई क्वार्टरफाइनलसम्म पुर्‍याउन उनले ठूलो भूमिका खेलेका छन् ।

त्यसपछि यो खेलका लिजेण्ड मानिएका लियोनल मेस्सी दोस्रो नम्बरमा छन् । ३५ वर्षिय मेस्सीले अर्जेन्टिनाका लागि हालसम्म चार खेलमा तीन गोल गरेका छन् ।

मेस्सीको टिम क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ र अब उसले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । मेस्सी यो बुट जितेर विश्वकपमा आफ्नो प्रभाव जमाउन चाहन्छन् ।

यो सुचिको तेस्रो नम्बरमा ब्राजिलका रिचार्लिसन छन् । रिचार्लिसनले पनि तिन गोल गरेका छन् । रिचार्लिसनले यो विश्वकपमा अहिलेसम्म राम्रो खेल्दै आएका छन् । उनको देस ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

यसपछि चौथो नम्बरमा पोर्चुगिज खेलाडी गोन्जालो रामोस छन् जसले पोर्चुगललाई शीर्ष ८ मा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । रामोसको खातामा पनि अहिलेसम्म ३ गोल छ र उनले प्रि-क्वार्टर फाइनल खेलमा स्विट्जरल्यान्डविरुद्ध तीन गोल गरेका छन् । योसँगै रामोसले यो विश्वकपको पहिलो ह्याट्रिक पूरा गरेका छन् ।

पाँचौं नम्बरमा इङ्ल्यान्डका खेलाडी बुकायो साकाको नाम छ जसले यो विश्वकपमा अहिलेसम्म तीन गोल गरिसकेका छन् र उनको देस पनि क्वाटरफाइनलमा पुगेको छ ।

गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि रहेका खेलाडीहरू यीनै हुन । अब यी मध्ये कुन फुटबलरले बाजी मार्छन् त्यो भने हेर्नै पर्नेछ । फिफा विश्वकपको क्वार्टरफाइनल खेलहरू भोलि शुक्रबार अर्थात् मङ्सिर २३ अर्थात डिसेम्बर ९ तारिख देखि खेलाइँदैछ।

प्रतिक्रिया