शुक्रबार, वैशाख २८, २०८१

यी गाडीहरु कहिले आए-कहिले हराए पत्तो भएन

नेपालखोज २०७९ मंसिर २२ गते १३:२४

काठमाडौं । हरेक वर्ष बजारमा अनेकौं सवारीसाधन लन्च हुने गरेका छन । ती मध्ये कतिपय गाडी सुपरहिट हुन्छन् भने कतिपय फ्लप हुन्छन् । असफल गाडी कहिले आए कहिले हराए कसैलाई थाहा हुँदैन ।

सुजुकी किजाशी : मारुती सुजुकीले धेरै वर्षदेखि बजारमा राज गर्दै आएको छ । मारुती सुजुकीले किजाशी लक्जरी सेडान कार तयार गरेको थियो तर यो कार चाँडै नराम्रो सँग असफल भयो । यो गाडि फ्लप हुनुको कारण यसको मूल्य तथा कम माइलेज थियो । यो कार पेट्रोल इन्जिनमा उपलब्ध थियो तर बजारमा डिजेल कारको माग थियो ।

शेवरलेट : यो कार २०१३ मा भारतीय बजारमा लन्च गरिएको थियो । कम्पनीले यसलाई पेट्रोल तथा इन्जिन दुवै भर्सनमा बजारमा पठाएको थियो । यसको पेट्रोल भेरियन्टमा १.४ लिटरका ४ वटा सिलिन्डर इन्जिन दिइएको छ जसले १०० पीएस पावरमा १३१ एनएमको टर्क जेनेरेट गर्छ । यसको डिजेल भेरियन्टमा १.३ लिटरको ४ सिलिन्डर इन्जिन दिइएको थियो , जसले ७५पीएस पावरमा १७२ एनएमको टर्क जेनेरेट गर्छ । यो कारको दुबै भेरियन्टमा ५ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । २०१७ मा कम मागका कारण कम्पनीले यसलाई बन्द गर्यो ।

निसान इभालिया : निसानले यो एमपीभि सन् २०१२ मा लन्च गरेको थियो । यो भ्यान जस्तै देखिन्थ्यो । यो कार १४६१ सीसी डिजेल इन्जिन द्वारा संचालित थियो । १९.३ किलोमिटर माइलेज दिने यो कारक‍ो लम्बाइ ४,४०० एमएम , चौडाइ १७०० एमएम तथा ह्वीलबेस २७२५ एमएम छ । कम मागका कारण कम्पनीले २०१५ मा यसलाई बन्द गर्नुपरेको थियो ।

महिन्द्रा क्वान्टो : महिन्द्राको यो ७ सिटर कारमा ५ वटा ढोका छन र यो मिनी एसयूभी हो जसमा १४९३ सीसी डिजेल इन्जिन जडान गरिएको छ । यसले लगभग १०० बीएचपी पावर उत्पादन गर्छ। कारको ग्राउन्ड क्लियरेन्स १८० मिमी तथा वजन १६४० किलोग्राम छ । भारतमा बीएस ६ लागू भएपछि कम्पनीले यसलाई बन्द गरेको हो ।

प्रतिक्रिया