शुक्रबार, चैत १६, २०८०

युक्रेनी र रूसी युद्धबन्दीसँग आइसीआरसीको भेट

नेपालखोज २०७९ मंसिर २२ गते १९:००

काठमाडाैं । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विगत दुई हप्तामा युक्रेनी र रूसी युद्धबन्दीसँग भेट गरेको छ भने उनीहरूलाई सहयोग सामग्री र पारिवारिक सूचना उपलब्ध गराइएको छ ।

‘आईसीआरसीले गत हप्ता दुई दिन युक्रेनी युद्धबन्दीलाई भेटेको थियो भने यो हप्ता पनि भेटलाई जारी राखेको छ । सोही अवधिमा रूसी युद्धबन्दीसँग पनि भेट गरिएको थियो र यस महिनाको अन्त्यसम्ममा थप भ्रमणको योजना बनाइएको छ,’ अन्तराष्ट्रिय रेडक्रस सोसाइटीले एक विज्ञप्ति जारी गरिएको छ ।

यी भ्रमणहरूले समूहलाई ‘उनीहरूको अवस्था र उपचारको जाँच गर्न र उनीहरूका परिवारसँग बहुप्रतिक्षित समाचार साझेदारी गर्न’ अनुमति दियो । हाम्रो टोलीले किताब, व्यक्तिगत सरसफाइका सामग्री, कम्बल र न्यानो लुगाफाटाजस्ता सामग्री पनि उपलब्ध गराउन सफल भयो ।

विज्ञप्तिमा भनिएको छ ‘आईसीआरसी टोली युद्धबन्दीहरूको परिवारसँग उनीहरूका प्रियजनबाट आएका सन्देशलाई आदानप्रदान गरिरहेका छन् ।’

‘अधिकांश सन्देशमा प्रेम र व्यक्तिगत समाचारको छोटो नोट रहेका छन् । कतिपयले परिवारका सदस्यलाई चिन्ता नगर्न आग्रह गरेका छन् । भेटमा युद्धबन्दीले चुरोट, मोजा र मिठाइ माग्ने गरेका छन् । यी सबै सन्देश दुःखी आफन्तहरूका लागि बाँच्ने आधार हुन् ।’ विज्ञप्तिमा भनिएको छ ।

आईसीआरसीकी अध्यक्ष मिर्जाना स्पोल्जारिकले अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्वको बर्बरताका बीच मानवताको रक्षा गर्न यी भ्रमणहरु एक महत्वपूर्ण कदम भएको बताएकाे छ ।

‘हामी युद्धबन्दीसँग कसरी व्यवहार भइरहेको छ भनेर अनुसन्धान गर्न सक्षम भएका छौँ र परिवारले अद्यावधिक सूचना प्राप्त गरेको सुनिश्चित गर्न सक्षम छौँ । यी भ्रमणले युद्धका सबै कैदीलाई अझ बढी नियमित पहुँच प्रदान गरोस् भन्ने मेरो अपेक्षा छ ।’ युक्रेन र रूसले आफूसँग कति जना युद्धबन्दी छन् भन्नेबारे केही खुलाएका छैनन् ।

प्रतिक्रिया