बिहीबार, वैशाख १३, २०८१

इ भी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा

नेपालखोज २०७९ मंसिर २२ गते २०:००

काठमाडौँ । इभी नेपाल मोटर्सले नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले बिहीबार एक विशेष कार्यक्रमका बीच काठमाडौंको नक्शालमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

बिगत लामो समयदेखि दुई पाङ्ग्रे सवारी बिक्रिबितरण गर्दै आएको कम्पनीले हाल चार पाङ्ग्रे सवारी साधनको लागी अत्याधिक सेवा सुबिधा दिलाउने उद्देश्य लिई उक्त शोरुम संचालनमा ल्याएको जानकारी दिएको छ । ईभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तराष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । यसले हाल वीलिङ मोटर्स अन्र्तगत पिटी एसजीएमडब्लू मोटर्स ईन्डोनेसियाको लागी उक्त शोरुम संचालनमा ल्याउनुका साथै ईन्डोनेशियामा निर्मित चार सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको विलिङ एअर ईभी कारलन्च गरेको छ । इलेक्ट्रिक गाडी बिभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेका छन् ।

२००/३०० किलोमिटर माईलेज रहेको ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ बर्ष वारेन्टी सुबिधा रहेको विलिङ ईभी टेस्ला संसारकै सबैभन्दा बढी बिक्रि हुने दोस्रो नम्बरमा रहेको कम्पनीको दाबी छ । अब नेपालभरी नै ईभी नेपाल मोर्टस् (बज्र ग्रुप)ले डीलर संजाल बढाएर बिक्रि वितरण गर्ने लक्ष्य राखेको छ । उक्त गाडी ड्राईभिङ्गमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुबिधाजनक, आरामदायी र भरपर्दो रहेको छ ।

नेपाललाई धुवाँधुलो रहित बनाउने सोचका साथ अघि बढेको इ भी नेपाल मोटर्स ग्राहकहरुको माया र सन्तुष्टिले यहाँसम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ । नक्शाल मा रहेको उक्त शोरुम बिहान ९ः३० बजेदेखि बेलुका ६ः३० बजेसम्म खुल्ला रहने कम्पनीको भनाई छ ।

प्रतिक्रिया