बिहीबार, वैशाख १३, २०८१

बीवाइडीका कार किन्नको लागि नबिल बैंकको सहज कर्जा

नेपालखोज २०७९ मंसिर २२ गते १९:४५

काठमाडौँ । बीवाइडीका कार किन्नको लागि नबिल बैंकले सहजरुपमा कर्जा दिने भएको छ । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ ।

सम्झौँता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । बुधबार भएको उक्त सम्झौंता अनुसार बीवाइडीले विक्री गर्नेविद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने ब्यवस्था गरेको कारण नविल बैंकले पनि त्यहि अनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । सम्झौंता अनुसार अहिले बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२ दशमालव ९९ प्रतिशत ब्याजदरमा सात वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन् । बैंकसँगको सम्झौंता अनुसार बीवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्छ ।

साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा विक्री गर्दै आएको छ । अल न्यू इ–६ नेपालमा उपलब्ध इलेक्ट्रीक भेहिकल मध्ये सबैभन्दाधेरै रेन्ज दिने ईभी हो । साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा विक्री सुरु गरेको नयाँ मोडल एटो–३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू इ–६ को मूल्य ५९ लाख तोकेर विक्री गर्दै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया