बिहीबार, वैशाख १३, २०८१

नेपाल मर्चेन्ट बैंकर्स संघको १३ औं बार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७९ मंसिर २२ गते २०:१५

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघले यही मंसिर २२ गते बिहिबार क्लब हिमालय, नगरकोटमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयां कार्य समिति चयन गरेको छ । निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । नवनिर्वाचित कार्यसमितीमा अध्यक्षकोरुपमा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट बिजयलाल श्रेष्ठ, उपाध्यक्षमा ग्लोवल आईएमई क्यापिटल लिमिटेडकातर्फबाट पारस मणी ढकाल, महासचिवमा एनआईसी एशिया क्यापिटल लिमिटेडका तर्फबाट रमेन्द्र रायमाझी, कोषाध्यक्षमा नविल इन्भेष्टमेन्ट बैंकिङकातर्फबाट मनिष नारायण जोशी र सदस्यहरुमा नागरिक लगानी कोषकातर्फबाट नारायण प्रसाद घिमिरे, प्रभु क्यापिटलका तर्फबाट दिनेश थकाली, नेपाल लाईफ क्यापिटलका तर्फबाट नविन बास्कोता र एनआईबिएल एस क्यापिटलका तर्फबाट मेख बहादुर थापा निर्वाचित भएका छन् ।

साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा विक्री सुरु गरेको नयाँ मोडल एटो–३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू इ–६ को मूल्य ५९ लाख तोकेर विक्री गर्दै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया