राष्ट्रपति पुटिनद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्ने उद्घोष
नेपालखोज
२०७९ मंसिर २२ गते २१:३१

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ ।
जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन् । ‘छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ । हो, हामी गर्छौं ।
तर कसले सुरु गर्यो ?’ पुटिनले क्रेमलिनमा एक पुरस्कार वितरण समारोहमा भने, ‘आलोचनाले हाम्रो लडाइँ अभियानमा हस्तक्षेप गर्दैन ।’
सम्बन्धित
प्रतिक्रिया