शुक्रबार, वैशाख १४, २०८१

जनमतले छान्यो समानुपातिक सांसद, आज सांसदको सूची आयोगमा पठाउने

नेपालखोज २०७९ मंसिर २३ गते ७:३४

काठमाडौं । जनमत पार्टीले समानुपातिक तर्फ पाएको ५ सिटमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह तथा गोमा सापकोटालाई पठाउने निर्णय गरेको छ । पार्टीको काठमाडौंमा बसेको बैठकमा ती नामका सम्बन्धमा निर्णय लिइएको हो ।

पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल जनमत पार्टीले प्रत्यक्षमा एक सिट जितेको छ जसमा जसपाका अध्यक्ष उपेन्द्र यादबलाइ हराएर जनमतका अध्यक्ष सिके राउत निर्वाचित भएका छन् ।

प्रतिक्रिया