शुक्रबार, वैशाख २८, २०८१

किफायति इलेक्ट्रिक कार

नेपालखोज २०७९ मंसिर २३ गते १४:५३

काठमाडौं । अहिले संसारभर इलेक्ट्रिक कारको माग बढिरहेको छ। यो बढ्दो मागलाई ध्यानमा राख्दै कार निर्माताहरूले यहि सेग्मेन्टका नयाँ कार लन्च गर्न थालेका छन् । हामी कहाँ आउने कम्पनी मध्ये टाटा मोटर्स, एमजी, महिन्द्रा जस्ता कम्पनीका उत्कृष्ट इलेक्ट्रिक कारहरू अहिले बजारमा उपलब्ध छन्।

यससँगै हुन्डाई, किया, मर्सिडीज जस्ता कम्पनीका प्रिमियम तथा लग्जरी इलेक्ट्रिक कारहरू पनि उपलब्ध हुनथालेका छन् । यद्यपि विद्युतीय कारको मूल्य आइसीई इन्जिनका कारको तुलनामा निकै बढी छ । यस्तो अवस्थामा थुप्रै उपभोक्ताले चाहेर पनि विद्युतीय कार किन्न सकिरहेका छैनन् । किफायति विद्युतीय कारको बढदो मागका कारण सस्ता विद्युतीय कारहरु पनि बजारमा पठाइन थालेको छ ।

पिएमभि EaSE : मुम्बईको विद्युतीय सवारी उत्पादक कम्पनी पिएमभि इलेक्ट्रिकले हालसालै पिएमभि EaSE इलेक्ट्रिक कार लन्च गरेको छ। यो २ सिटे माइक्रो इलेक्ट्रिक कार हो। कम्पनीले यो कारलाई एउटा मात्र भेरियन्टमा लन्च गरेको छ । यो कारको प्रारम्भिक अन्तर्राष्ट्रिय बजार मूल्य ८ लाख रुपैयाँ जति छ । यो एक्स शोरूम मूल्य हो। य‍ो कारमा ४८ भि लिथियम आयन ब्याट्री दिइएको छ । यो ब्याट्रीले एकल चार्जमा ठोस ड्राइभिङ दायरा प्रदान गर्दछ। यसमा विभिन्न ड्राइभिङ मोडहरू छन्। विभिन्न मोडमा यो कारले १२० , १६० तथा २०० किलोमिटर सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्दछ।

टाटा टियागो ईभी : टियागो ईभी टाटा कम्पनीको सबैभन्दा सस्तो इलेक्ट्रिक ह्याचब्याक कार हो। कम्पनीले यो कार लाइ चार ट्रिममा लन्च गरेको छ जसमा XE, XT, XZ तथा XZ लक्स जस्ता ट्रिम समावेश छन्। यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य १२.९० लाख रुपैयाँ को हाराहारीमा छ । यो कारको टप भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य १८ .७५ लाख रुपैयाँ जति पर्छ । यसमा १९.२ kWh तथा २४ kWh क्षमताका दुईवटा ब्याट्री प्याक छन् जसको माध्यमबाट यो कारले २५० किलोमीटर तथा ३१५ किलोमीटर सम्मको रेन्ज दिन्छ।

महिन्द्रा ई-भेरिटो : महिन्द्रा ई-भेरिटो इलेक्ट्रिक सेडान कार हो। कम्पनीले यो कारका दुईवटा भेरियन्ट बिक्री गरिरहेको छ । यसमा डि टु तथा डि फोर भेरियन्ट समावेश छन्। यसमा २८८ एएच क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ । यो कारले ४१ पीएस पावर तथा ९१ न्युटन मिटर टर्क जेनरेट गर्न सक्ने गरी यो ब्याट्रीसँग ७२भी विद्युतीय मोटर प्रदान गरिन्छ । यो कारले एक पटकको चार्जमा १२० किलोमिटरसम्मको रेन्ज दिन्छ। यो कारले ८६ किलोमीटर प्रतिघण्टाको टप स्पीड दिन्छ ।

एमजी ZS EV : एमजी मोटर कम्पनीले भारतमा एमजी ZS EV इलेक्ट्रिक कार बिक्री गर्दै आएको छ। बजारमा यो कारको राम्रो माग छ । यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ३२ लाख भन्दा बढी छ । यस्तो अवस्थामा कम्पनीले अझ सानो र सस्तो विद्युतीय कार पनि ल्याउने भएको छ । यो कार जनवरी २०२३ मा लन्च हुने सम्भावना छ । यो दुई ढोके इलेक्ट्रिक कार हुनेछ । कार कम्पनीले यो कार १६ लाखभन्दा कममा लन्च गर्ने बताएको छ । यो कारले बजारमा टाटा टियागो ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया