रिलायन्स लाइफ इन्स्योरेन्स र बिएनसी अस्पतालबीच सम्झौता
नेपालखोज
२०७९ मंसिर २३ गते १८:२१

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोड स्थित बिएनसी अस्पताल बीच मेडिकल अन्डर राइटिंगको लागि सम्झौता भएको छ । सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका साथै स्थानिय ब्रान्च मेनेजरहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम पश्चात् इन्स्योरेन्सले इटहरी स्थित सनसाईन मेडिकल एण्ड डाईगोनोसिस सेन्टर र बिराटनगर स्थित ओम साई मेडिकल ल्याब सँग पनि मेडिकल अन्डर राइटिंग को लागि सम्झौता गरेको छ । कम्पनीका ग्राहकवर्गलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले बताएको छ ।
यो भन्दा पहिले पनि धेरै स्थानमा रहेका अस्पताल तथा मेटिलकल कलेजरुसँग संझौता गरि मेटिकल चेक अफलाई सहज बनाउनमा ठूलो सहयोग गरेको छ
सम्बन्धित
प्रतिक्रिया