कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच सम्झौंता
नेपालखोज
२०७९ मंसिर २६ गते १२:३४

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र जोड इनिस्येटिभबिच सम्झौंता भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहिनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिनका लागि जोड इनिस्येटिसंग सम्झौता गरेको जानकारी दिएको छ ।
सम्झौता पश्चात कामना सेवा विकास बैंकले दृष्टिविहिन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग प्रदान गर्न आर्थिक सहयोग गर्ने छ । साथै बैंकले दृष्टिविहिनहरुलाई लक्षित गरि ल्याइएको स्वभिमान बचत खाता समेत खोलि दिने छ ।
सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ्ग प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यसैसँगै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले लिएको छ ।
सम्बन्धित

प्रतिक्रिया