रोमको क्याफेमा गोली चल्दा इटालीकी प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु

इटाली । इटालीको रोमस्थित एक क्याफेमा अन्धाधुन्ध गोली चल्दा तीन महिलाको मृत्यु भएको छ । तीमध्ये एक इटालीकि नयाँ प्रधानमन्त्री जर्जिया मेलोनीकी साथी हुन् । उक्त गोलीबारिमा परेरर चार जना घाइते भएका छन् ।
रोमका मेयर रोबर्टो गाल्टेरीले गोलीबारीलाई ‘गम्भीर हिंसात्मक कार्य’ भनेका छन् । उक्त घटनामा ५७ वर्षीय संदिग्धलाई हिरासतमा लिइएको छ । इटालीको ‘ला रिपब्लिका’ अखबारको रिपोर्ट अनुसार लुसियाना सिओर्बा रोमको फिदेने स्थित यो क्याफेमा थिइन् ।
बन्दुकधारी आइतबार बारभित्र पसेको उनले पत्रिकालाई बताए । गोली चलाउनुअघि उनि ‘म तिमीहरु सबैलाई मारिदिन्छु’ भन्दै कराएका थिए । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले गोलीकाण्डमा परेकी निकोलेटा गोलिसानोलाई आफ्नी साथी भएको बताएकी छिन् । मारिएका अन्य दुई महिलाको नाम एलिसाबेटा सिलेन्जी र सबिना स्पारान्डियो हो ।
फेसबुक पोस्टमा मेलोनीले आफ्नी साथीका बारेमा लेखेकि छिन्, “निकोलेटा एक आमा, एक सच्चा र समझदार साथी अनि एक बलियि महिला थिइन्। सबैभन्दा ठूलो कुरा उनी एक उत्कृष्ट व्यावसायिक महिला थिइन्, उनी मेरL साथी थिइन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले निकोलेटासँगको आफ्नो पुरानो तस्बिरसमेत सामाजिक संजालमा सेयर गरेकी छिन् ।


प्रतिक्रिया