भारतमा कहाँ बढि रक्सी पिइन्छ ?

काठमाडौं । हामिले मानिसहरूलाई पार्टी वा विवाहमा रक्सीको पेग लिएको देखेका छौं । कोही रक्सीको शौकीन मानिन्छन् भने कोही बिशेष अवसरहरुमा रमाइलोका लागि मात्र मदिरा पिउँछन् ।
भारतका कतिपय क्षेत्रमा मदिरा निशेधित छ भने कतिपय राज्यमा रक्सीका दुर्व्यसनीहरूको संख्या निकै छ । एक अनुसन्धान प्रतिवेदन अनुसार भारतमा करिब १६ करोड मानिसले मदिरा सेवन गर्छन् जसमध्ये ९५ प्रतिशत १८ देखि ४९ वर्षका पुरुष छन् । सर्वेक्षण कम्पनी क्रिसिलको रिपोर्ट अनुसार, कोरोना अवधिको वर्ष २०२० मा भारतमा बिक्री हुने कुल मदिराको करिब ४५ प्रतिशत आन्ध्र प्रदेश, तेलंगाना, तमिलनाडु, कर्नाटक तथा केरला राज्यमा खपत भएको थियो। अर्थात् उक्त अवधिमा भारतमा सबैभन्दा बढी मदिरा बिक्री भएको थियो ।
कहाँ कति मदिरा खपत ?
सबैभन्दा बढी मदिरा खपत हुने राज्य मध्ये पनि छत्तीसगढको नाम पहिलो नम्बरमा छ । करिब ३ करोड जनसंख्या भएको राज्य छत्तीसगढको ३५।६ प्रतिशत जनसंख्याले मदिरा सेवन गर्छ । यो सूचीमा त्रिपुराको नाम दोस्रो नम्बरमा छ। त्रिपुरामा करिब ३४।७ प्रतिशत मानिसले मदिरा सेवन गर्छन् जसमध्ये १३ दशमलव ७ प्रतिशतले नियमित रुपमा मदिरा सेवन गर्छन् । तेस्रो नम्बरमा रहेको आन्ध्र प्रदेशका करिब ३४।५ प्रतिशत मानिसले नियमित रूपमा मदिरा सेवन गर्छन् ।
यो सूचीको चौथो नम्बरमा पञ्जाब छ। करिब ३ करोड जनसङ्ख्या भएको पञ्जाब राज्यका २८.५ प्रतिशत मानिसले मदिरा सेवन गर्छन् । यहाँ नियमित मदिरा सेवन गर्नेहरुको संख्या ६ प्रतिशत छ । पाँचौं नम्बरमा रहेको अरुणाचल प्रदेशको लगभग २८ प्रतिशत जनसंख्याले मदिरा सेवन गर्छन् । गोवा यो सूचीमा छैटौं नम्बरमा छ। यहाँको जनसंख्याको लगभग २६.४ प्रतिशतले मदिरा सेवन गर्छन्।
एनएफएचएसको रिपोर्टअनुसार केरलाका १९।९ प्रतिशत मानिसले मदिरा सेवन गर्छन्। केरला यो सूचीको सातौं नम्बरमा छ। करिब १० करोड जनसंख्या भएको पश्चिम बंगाल यो सूचीको आठौं नम्बरमा छ । यहाँको जनसंख्याको १४ प्रतिशत अर्थात करिब १ करोड ४० लाखले मानिसले मदिरा सेवन गर्छन् ।

प्रतिक्रिया