आइतबार, जेठ ६, २०८१

तीन अंकले नेप्से घट्दा ७७ करोड ७० लाखको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर २७ गते १५:३३

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन झण्डै २० अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने दुई दशमलव ५७ अंकले घटेर १८ सय ९९ दशमलव ७० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६३ अंकले घटेर तीन सय ७१ दशमलव ३० अंकमा झरेको छ ।

दुई सय ४८ वटा कम्पनीहरुको १६ हजार तीन सय २० पटकको कारोबारमा २० लाख ५८ हजार पाँच सय १० कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ७७ करोड ७० लाख ८९ हजार एक सय ६५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा चार वटा समुहहरुको सूचक बढेर बाँकी नौ वटा समूहहरुको सूचक घटेका छन् । यो मध्ये जलबिद्युत समूहको सूचक १७ दशमलव ५३ अंकले बढेर दुई हजार ६ सय ६ दशमलव २९ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक २६ दशमलव दुई अंकले बढेर सात हजार पाँच सय नौ दशमलव ८१ अंकमा चढेको छ । यसैगरी लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् ।

वाणिज्य बैंक समूहको सूचक भने चार दशमलव ८८ अंकले घटेर १२ सय ९४ दशमलव ६६ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक नौ दशमलव ६१ अंकले घटेर तीन हजार तीन सय ८० दशमलव ८७ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक १० दशमलव ६६ अंकले घटेर नौ हजार एक सय ९३ दशमलव ६ अंकमा झरेकोमा फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर २२ सय ६० रुपैयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा तेह्थुम पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव २९ अंकले घटेर तीन सय २० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता आठ सय सात रुपैयाँ १० पैसा अन्तिम मूल्यमा सात करोड १७ लाख ५६ हजार ६ सय ३५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया