सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
नेपालखोज
२०७९ मंसिर २९ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ बढेको छ । भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ ७ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९९ हजार ८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ २० रुपैयाले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया