शनिबार, जेठ ४, २०८२

क्रिसमसका अद्भभुत परम्पराहरु

नेपालखोज २०७९ पुष १ गते १२:२०

रोलर स्केटिङदेखि लिएर चर्चमा डोनाल्ड डकसम्म , अभिवादन गर्ने सान्ता क्लज देखि ग्लिटर र टर्की सम्म संसारमा क्रिसमसका अनेकौं परम्परा छन्।

भेनेजुएला : क्रिसमसको दिन चर्च जाने चलन धेरै देशमा छ । यो एउटा परम्परा नै हो। यद्यपि भेनेजुएलीहरु डिसेम्बर २४ को मध्यरातमा येशूको जन्मदिन मनाउन रोलर स्केटरहरूमा चर्च जान्छन्। यो परम्परा सन् १९६० को दशकमा सुरु भएको हो ।

फिलिपिन्स : द म्याजिक स्टार बेथलेहेमको ताराको उल्लेख नगरी क्रिसमसको कथा पूरा हुँदैन। फिलिपिन्समा यस्ता तारा विभिन्न रंगीन लालटिनमा देखाइन्छ। ती लालटेन क्रिसमसको समयमा घर बाहिर टाँगिन्छन्। बाँस तथा जापानी कागजबाट बनेका ती लालटिन आशा र प्रकाशको प्रतीक मानिन्छन् ।

इटाली : उदार-हृदयी बेफाना म्यागीलाई नवजात येशूको साथमा लान चाहन्थिन , तर उनी पहिले आफ्नो काम पूरा गर्न चाहन्थिन्। पछि उनले एक्लै हिँड्नुपर्‍यो र बाटो भेटिएन । यस्तो अवस्थामा ५-६ जनवरीको रात उनी बालबालिकाको खोजीमा संसारभर उडिरहिन् । उनले असल बालबालिकाहरूलाई मिठाई र खराब बालबालिकाहरूलाई चिनीका रूपमा कोइलाको टुक्रा दिइयो।

युक्रेन : सजाइएका माकुरा र तिनका जालाहरू सामान्यतया हेलोवीनसँग सम्बन्धित छन् । युक्रेनका क्रिसमस रूखमा उज्याला बल्ब तथा ताराहरूसँगै सजाइएका माकुरा र तिनका जाला पनि राखिन्छ ।

जापान : जापानमा क्रिस्चियनहरूको जनसंख्या एक प्रतिशतभन्दा कम छ। क्रिसमस यहाँ एक धर्मनिरपेक्ष छुट्टी हो। जापानमा वर्षौंदेखि एउटा परम्परा हुर्कदै गएको छ, जसमा सेतो दाह्री र जुँगा भएका , चश्मा लगाएका एकजना मानिस देखिन्छन्, जो सान्ता क्लज होइनन् । १९७४ मा केएफसिले यहाँ क्रिसमसका लागि केन्टकी अभियान सुरु गर्यो । त्यही समय देखि जापानमा फ्राइड चिकन क्रिसमसको परम्परा बनिसकेको छ।

मेक्सिको : मूला लामो समयदेखि ओक्साका सिटी , मेक्सिकोमा जीवनको एक हिस्सा रहदै आएको छ। १८९७ मा यो शहरका मेयरले क्रिसमस अघि एउटा परम्परा सुरु गरे ( रेडिश नाइटको । हरेक वर्ष डिसेम्बर २३ का दिन यहाँका कलाकारहरूले यहाँ उब्जाइएका मूलालाई विभिन्न तरिकाले सजाएर क्रिसमस बजारमा पठाउँछन् ।

स्पेन : धेरै जसो तस्बिरले बालक येशूलाई दैवीू रुपहरूमा देखाउँछन्, तर क्याटालोनिया, स्पेनमा एउटा विशिष्ट मानव चरित्र पनि छ, एल क्यागनरू वाद पाईपर । प्रायस् कुनामा राखिने यो मूर्ति किसानको हो। यो वास्तवमा किसानको उर्वरताको प्रतीक हो।

अस्ट्रिया : यहाँ सेन्ट निकले असल मानिसहरूलाई उपहारहरू ल्याउँछ, तर उनको साइडकिक क्रम्पसले मानिसहरूसँग जिस्कने व्यवहार गर्दछ ।

चीन : चीनमा क्रिसमसको अवसरमा कुनै पनि सांस्कृतिक उत्सव मनाउने चलन छैन , तर पनि पछिल्ला वर्षहरूमा यहाँ एउटा परम्पराको उदय भैरहेको छ। मन्डारिनमा अनुवाद गरिएको क्रिसमस इभू को अर्थ शान्तिको साँझू हो, जब मन्डारिनमा उच्चारण गर्दा यो पिंगुओ जस्तो देखिन्छ, जसको अर्थ स्याउ हो। यसै कारणले क्रिसमसमा स्याउ उपहार दिने चलन बढदै गएको छ र मानिसहरूले यसलाई शान्तिको उपहार भन्न थालेका छन्।

स्वीडेन : प्रत्येक वर्ष डिसेम्बर २४ मा दिउँसो ३ बजे वाल्ट डिज्नीमा क्रिसमस विशेष कार्यक्रम हुन्छ जसमा ूडोनाल्ड डक र उनका साथीहरू क्रिसमसको शुभकामनाू हेर्न बस्छन्। एक स्थानीय पत्रिकाका अनुसार २०२० मा स्विडेनको आधा जनसंख्या अर्थात् करिब ४५ लाख मानिसले यसलाई हेरे । त्यस पछि यो स्वीडेनको आधुनिक इतिहासमा सबैभन्दा धेरै हेरिएको टिभी कार्यक्रम भयो।

इथियोपिया : धेरै जसो ईसाई देशमा येशूको जन्मदिन डिसेम्बर २५ मा मनाइन्छ, तर इथियोपियन अर्थोडक्स चर्चले यसलाई जनवरी ७ मा मनाउँछ । मानिसहरू उक्त दिन अघि ४३ दिन लामो व्रत पनि बस्छन् ।

अमेरिकामा : क्रिसमस रूखमा क्रिसमस पिकल मेड इन जर्मनीू झुण्ड्याइन्छ ।

प्रतिक्रिया