शनिबार, जेठ ५, २०८१

सिंह राशिको वर्ष – २०२३ कस्तो रहनेछ ?

नेपालखोज २०७९ पुष २ गते ८:४०

सन् २०२३ सिंह राशिका व्यक्तिहरूको जीवनमा एउटा यस्तो वर्ष साबित हुनेछ, जहाँ धेरै काम गर्नुपर्नेछ र आफ्नो क्षमता देखाउने बारम्बार अवसरहरू प्राप्त हुनेछन् ।

पारिवारिक स्थिति : परिवारसँग पूजाआजा जस्ता धार्मिक कार्यमा संलग्न हुन पाइनेछ। घरका ठूलाबडाहरु सँग नम्र व्यवहार गर्नुहोला । पारिवारिक शान्ति कायम राख्नुहोस् अन्यथा स्थिति बिग्रन सक्छ ।

नोकरी तथा व्यापार : यो वर्ष व्यवसायमा ठूलो सफलताको सम्भावना छ । केहि नयाँ अधिकार तपाईको हातमा आउनेछ जसले ठुलो खुशी ल्याउनेछ। जागिरमा तपाईको स्थिति राम्रो रहनेछ । व्यापार व्यवसायमा सरकारी क्षेत्रबाट लाभ लिन सकिनेछ । वैवाहिक स्थिति : दाम्पत्य जीवनमा पनि राम्रो स्थिति सिर्जना हुनेछ। जीवनसाथीको स्वास्थ्य सम्बन्धी चिन्ताले वर्षको प्रारम्भिक दिनहरूमा सताउन सक्छ । यस्तो अवस्थामा राम्रो साथीका रूपमा उनको उचित हेरचाह गर्नुहोला ।

प्रेम जीवन : तपाईको प्रेम जीवनमा वर्षको सुरुदेखि नै केही परिवर्तन आउनेछ तर अन्त्यसम्म सबै कुरा सुन्दर प्रेमकथामा परिणत हुनेछ । स्वास्थ्य स्थिति : स्वास्थ्यको दृष्टिले यो वर्ष सामान्य रहनेछ । यो समयमा आफूलाई सुरक्षित राख्नु नै तपाईंका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुनेछ।

शिक्षा तथा करियर : यदि तपाई विद्यार्थी हुनुहुन्छ भने उत्कृष्ट नतिजाका लागि प्रसस्त मेहनत गर्नुपर्नेछ किनभने यो समयमा तपाईले पढाईमा ध्यान दिन सक्नु हुनेछैन । यदि आफ्नै व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने वर्षको मध्य पछि मात्र काममा हात हाल्नुहोला ।

धन – सम्पत्ति : आर्थिक रूपमा उतार-चढावले भरिपूर्ण वर्ष रहनेछ तर तपाईंले आफ्ना विरोधीहरूलाई जित्नुहुनेछ। धन अडने एउटै उपाय छ, खर्च गर्दा होसियार रहनुहोला । आर्थिक संकटको सामना गर्नु पर्नेछ । पैसाका बारेमा सजग रहनु पर्ला , धन हानिको सम्भावना छ ।

बिशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया