कतारमा अर्जेन्टिनाको प्रदर्शन

काठमाडाैं । अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग अप्रत्याशित रुपमा २-१ ले पराजित भए पनि फाइनलको यात्रा गर्न सफल भयो ।
पहिलो खेलमै हारको मुख देखे पछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने हो कि भन्ने आशंका समेत उत्पन्न भएको थियो । यद्यपि लिओनल मेसीको नेतृत्वको अर्जेन्टिनाले त्यसपछिका हरेक खेल जित्दै फाइनलको यात्रा तय गर्यो ।
अर्जेन्टिनाले अहिलेसम्म ६ खेल खेल्दा ३ खेलमा क्लिनसिट राखेको छ भने एक खेल पेनाल्टीमा जितेको थियो । अर्जेन्टिनाले जारी विश्वकपमा १२ गोल गरेर ५ गोल खाएको छ । अर्जेन्टिनाका लागि मेसीले सर्वाधिक ५ गोल गर्दा युलियन अल्भारेजले ४ गोल गरेका छन् । यसैगरी एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर तथा नाहुएल मोलिनाको खातामा समान १ – १ गोल छ ।
सन् १९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि फेरि उपाधि जित्न सकेको छैन । अन्तिम विश्वकप खेलिरहेका मेसी यस पटक आफ्नै नेतृत्वमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताउने योजनामा छन् । अर्जेन्टिनाको पूरा टिम नै अहिले मेसीका लागि विश्वकप जित्न उत्प्रेरित छ ।
कतारमा अर्जेन्टिनाको प्रदर्शन
समूह चरण :
साउदी अरेबियासँग २-१ ले पराजित
मेक्सिको विरुद्ध २-० ले विजयी
पोल्याण्ड विरुद्ध २-० ले विजयी
प्री – क्वाटरफाइनल :
अष्ट्रेलिया विरुद्ध २-१ ले विजयी
क्वाटरफाइनल :
नेदरल्याण्ड्स विरुद्ध २-२ गोलको बराबरि पछि पेनाल्टी सुटआउटमा ४-३ ले विजयी
सेमिफाइल :
क्रोएसिया विरुद्ध ३-० ले विजयी ।
प्रतिक्रिया