आइतबार, जेठ ६, २०८१

बाराही हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड

नेपालखोज २०७९ पुष ३ गते ११:३७

काठमाडाैं । बाराही हाइड्रोपावर कम्पनीको आइिपओ आज (आइतबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आपिओमा रितपूर्वक आवेदन दिएका कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । जसमध्ये १५ हजार ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजा प्रभावित स्थानीयमा २ लाख ५० हजार कित्ता आइपिओ वितरण गरेको थियो ।

सो समयमा बिक्री हुन नसकेको १ लाख ४ हजार कित्ता सेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा आइपिओ जारी गरेको हो । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको कम्पनीले बताएको छ। यो बाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि वितरणमा आएको हो ।

लगानीकर्ताले प्रवन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । साथै, बाराही हाइड्रोपावरको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रतिक्रिया