आइतबार, जेठ ६, २०८१

चार अंकले नेप्से बढ्दा ८८ करोड ६० लाखको सेयर किनबेच

नेपालखोज २०७९ पुष ४ गते १५:३६

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार देखिएको छ । अघिल्लो दिन २७ दशमलव ५४ अंकले घटेर एक अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा साताको दोस्रो कारोबार दिन आज सोमबार भने नेप्से तीन दशमलव ८३ अंकले बढेर १८ सय ५८ दशमलव ८९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १५ अंकले बढेर तीन सय ६३ दशमलव ९७ अंकमा चढेको छ ।

दुई सय ५१ वटा कम्पनीहरुको ३० हजार पाँच सय ४५ पटकको कारोबारमा २६ लाख ९९ हजार तीन सय ३१ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ८८ करोड ६० लाख ९८ हजार पाँच सय ६८ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा चार वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ३५ अंकले घटेर १२ सय ६५ दशमलव ४५ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक पनि एक अंकले घटेर १९ सय ४८ दशमलव ९९ अंकमा झरेको छ । यसैगरी लघुवित्त र ट्रेडिङ समूहको सूचक पनि घटेका छन् ।

बिकास बैंक समूहको सूचक भने १५ दशमलव २९ अंकले बढेर तीन हजार दुई सय ८९ दशमलव ९९ अंकमा चढेको छ । जीवन बीमा समूहको सूचक पनि २८ दशमलव ५९ अंकले बढेर नौ हजार ५२ दशमलव ९८ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि १३ दशमलव २८ अंकले बढेर सात हजार चार सय नौ दशमलव ३१ अंकमा चढेकोमा फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर पाँच सय ४५ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा इष्र्टन हाइड्रो पावर कम्पनीको प्र्रतिकित्ता सेयर मुल्य सात दशमलव ९७ प्रतिशतले घटेर दुई सय ६४ रुपैयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज प्राईम कर्मसियल बैंकको प्रतिकित्ता दुई सय १३ रुपैंयाँ ४० पैसा अन्तिम मूल्यमा ६ करोड ९३ लाख ४३ हजार एक सय तीन रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया