शुक्रबार, जेठ ४, २०८१

संसारका सबैभन्दा लामा उडान

नेपालखोज २०७९ पुष ४ गते १६:४८

काठमाडाैं । सिंगापुर एयरलाइन्सले एयर इन्डियाको सबैभन्दा लामो उडानको कीर्तिमान तोडेको छ । त्यसो भए संसारको सबैभन्दा लामो नन-स्टप विमान यात्रा कुन हो त ?

हेरौं अन्य उडानहरु पनि :

सिंगापुर-नेवार्क-सिंगापुर : सिंगापुरबाट अमेरिकी सहर नेवार्कसम्म १६ हजार ७ सय ३७ किलोमिटर उडने सिंगापुर एयरलाइन्सको उडान विश्वकै सबैभन्दा लामो उडान हो । गएको अक्टोबरमा सुरु भएको यो ननस्टप उडान १७ घण्टा २५ मिनेट निरन्तर चलिरहन्छ ।

दिल्ली-सान फ्रान्सिस्को-दिल्ली : यो दूरीको हिसाबले दोस्रो सबैभन्दा लामो एयरलाइन मार्ग हो । एयर इन्डियाको उडानले हिन्द र प्रशान्त महासागरमा उडेर १५ हजार १ सय ४० किलोमिटर लामो यो रुट पूरा गर्छ । १,००० किलोमिटर अतिरिक्त भए पनि एयर इन्डियाका पाइलटहरूले जेट स्ट्रिमको फाइदा उठाउँदै उच्च उचाइको यो यात्रा १५-१६ घण्टामा पूरा गर्छन् ।

दोहा-अकल्याण्ड-दोहा : २०१७ मा कतार एयरवेजको हवाई जहाज कतारको राजधानी दोहाबाट अकल्याण्डका लागि प्रस्थान गरेको थियो। १४ हजार ५ सय ३९ किलोमिटरको यो दुरी १६ देखि १७.३० घण्टामा पूरा हुन्छ।

पर्थ-लन्डन-पर्थ : अष्ट्रेलियाको एयरलाइन्स कम्पनी क्वान्टासले मार्च २०१८ मा पर्थ देखि लन्डनको सीधा उडान सुरु गरेको हो । यो यात्राको कुल दुरी १४ हजार ४ सय ९८ किलोमिटर छ । दूरीको हिसाबले यो विश्वको चौथो लामो उडान हो। यो यात्रा १७ घण्टा २० मिनेटमा पूरा हुन्छ।

दुबई-अकल्याण्ड-दुबई : दुबई बाट न्यूजील्याण्डको राजधानी अकल्याण्ड सम्म एमिरेट्सको सीधा उडान १४ हजार २ सय किलोमिटर लामो छ। यो उडान १६ देखि १७.१५ घण्टासम्म आकाशमा रहन्छ।

लस एन्जलस-सिंगापुर-लस एन्जलस : युनाइटेड एयरलाइन्सले यो १४ हजार १ सय १४ किलोमिटरको यात्रा कभर गर्न १५ घण्टा १५ मिनेट देखि १७ घण्टा ५५ मिनेटसम्म लगाउँछ । यो उडान २७ अक्टोबर २०१७ मा सुरु भएको हो ।

डलास-सिड्नी-डलास : क्वान्टास एयरलाइन्सको उडानले १३ हजार ७ सय ९९ किलोमिटरको यो दूरी तय गर्न १६ घण्टा ५० मिनेटदेखि १७ घण्टा १० मिनेटसम्म लगाउँछ । २९ सेप्टेम्बर २०१४ मा यो उडान सुरु गरिएको थियो।

सान फ्रान्सिस्को-सिंगापुर-सान फ्रान्सिस्को : सिंगापुर एयरलाइन्स र युनाइटेड एयरलाइन्सको उडानले यो यात्राका लागि १६ घण्टा ३० मिनेटदेखि १७ घण्टा २० मिनेटसम्म लगाउँछन् । यो सेक्टरको हवाई उडान सन् २०१६ मा सुरु भएको थियो ।

जोहानेसबर्ग-एटलान्टा-जोहानेसबर्ग : डेल्टा एयरलाइन्सको विमानले १६ घण्टा ३ मिनेटदेखि १६ घण्टा ५५ मिनेटमा १३ हजार ५ सय ८२ किलोमिटर लामो यो दूरी तय गर्छ । यो उडान १ जुन २००९ मा सुरु भएको हो ।

अबुधाबी-लस एन्जलस-अबुधाबी : इतिहाद एयरवेजको उडानले १३ हजार ४ सय ७३ किलोमिटरको यो दूरी तय गर्न १६ घण्टा ३५ मिनेटदेखि १६ घण्टा ४५ मिनेटसम्म लगाउँछ । यसको पहिलो उडान १ जुन २०१४ मा भएको थियो।

दुबई-लस एन्जलस-दुबई : एमिरेट्स एयरलाइन्सले १६ घण्टादेखि १६ घण्टा २० मिनेटमा १३ हजार ३ सय ९१ किलोमिटरको दूरी तय गर्छ । यो यात्रा २६ अक्टोबर २००८ मा प्रारम्भ भएको थियो ।

जेद्दा-लस एन्जलस-जेद्दा : साउदी एयरको उडानले १३ हजार ३ सय ८१ किलोमिटर लामो यात्रा पूरा गर्न १६ घण्टा १० मिनेटदेखि १६ घण्टा ४० मिनेटसम्म लगाउँछ । यो सेवा ३१ मार्च २०१४ मा सुरु भएको हो ।

दोहा-लस एन्जलस-दोहा : कतार एयरवेजको विमानले १३ हजार ३ सय ३८ किलोमिटरको यो यात्रा १६ घण्टादेखि १६ घण्टा २० मिनेटमा पूरा गर्छ । यो यात्रा सन् २०१६ जनवरी १ मा सुरु भएको हो ।

टोरन्टो-मनिला-टोरन्टो : १३ हजार २ सय ३० किलोमिटर लामो यो उडानमा फिलिपिन्स एयरलाइन्सले १५ घण्टा ३० मिनेटदेखि १६ घण्टा ३० मिनेट समय खर्चिन्छ । यो सेवा १६ डिसेम्बर २०१७ मा सुरु गरिएको थियो ।

भ्यानकुभर- मेलबर्न-भ्यानकुभर : एयर क्यानाडाको विमानले १३ हजार १ सय १५ किलोमिटरको यो रुट १५ घण्टा ४० मिनेटदेखि १५ घण्टा ५० मिनेटमा पूरा गर्छ। यो यात्राको सुरुवात १ डिसेम्बर २०१७ मा गरिएको थियो।

दुबई-ह्युस्टन-दुबई : एमिरेट्स एयरलाइन्सले १६ घण्टा १५ मिनेटदेखि १६ घण्टा ४५ मिनेटमा १३ हजार १ सय १५ किलोमिटरको दूरी तय गर्छ । यो यात्रा पहिलो पटक ३ डिसेम्बर २००७ मा गरिएको थियो।

दुबई-सान फ्रान्सिस्को-दुबई : १२ हजार १२ किलोमिटरको यो एकतर्फी यात्रा एमिरेट्स एयरलाइन्सको विमानले १५ घण्टा ५० मिनेटदेखि १६ घण्टा १५ मिनेटमा पूरा गर्छ। यो सेवा १५ डिसेम्बर २००८ मा सुरु भएको हो ।

डलास-हङकङ-डलास : अमेरिकन एयरलाइन्सले १३ हजार ४४ किलोमिटरको दूरी तय गर्न १६ घण्टा २० मिनेटदेखि १७ घण्टा ५ मिनेटसम्म लगाउँछ । यो सेवा १२ जुन २०१४ मा सुरु भएको थियो ।

सबैभन्दा लामो आन्तरिक उडान : जो कोहिलाइ लाग्छ-देश जति ठूलो हुन्छ, त्यसको आन्तरिक उडानको रुट पनि त्यति नै लामो हुन्छ । होइन-तपाई गलत सोच्दै हुनुहुन्छ। सबैभन्दा लामो आन्तरिक उडान फ्रान्सको पेरिसबाट हिन्द महासागरको ला रियुनियनसम्मको उडान हो । धेरै फ्रान्सेली एयरलाइन्स कम्पनीहरूले यो ९ हजार ३ सय ४८ किलोमिटर लामो मार्गमा ननस्टप उडान उडान भर्छन् ।

प्रतिक्रिया