शनिबार, जेठ ५, २०८१

तुला राशिका लागि वर्ष-२०२३ कस्तो रहनेछ ?

नेपालखोज २०७९ पुष ५ गते ७:४७

व्यक्तिको जीवनको नयाँ दिशा उसको राशिका आधारमा तय हुन्छ । हरेक राशिले नयाँ वर्षमा केही नयाँ हुने संकेत गर्छ । तुला राशिका लागि यो वर्ष सामान्य भन्दा राम्रो रहनेछ । वर्षको प्रारम्भमा ग्रहको स्थिति अनुकूल रहनेछ । विशेष गरी स्वास्थ्य सम्बन्धी मामिलामा कठिन परिणामहरू प्राप्त हुनेछन् ।

पारिवारिक जीवन : शिक्षक वा बुवाजस्ता व्यक्तिसँग विवाद वा मतभेद चलिरहेको छ भने त्यो पनि हट्नेछ। नोकरी तथा व्यवसाय : बृहस्पतिको गोचरले जीवनमा धेरै प्रकारको सफलता दिलाउनेछ । मान-सम्मानमा बृद्धि हुनेछ भने व्यापारमा पनि उन्नतिको सम्भावना छ, काममा प्रगति हुनेछ । दिनहुँ सूर्यलाई जल अर्पण गर्नुहोस् , व्यापारमा पनि उन्नतिको अवसर जुटनेछ ।

वैवाहिक स्थिति : जीवन साथीसँगको मतभिन्नतामा कमी आउनेछ र राम्रो निर्णय लिई जीवनमा प्रगति गर्न सकिनेछ। तुला राशिका विवाहितहरूलाई २०२३ सालमा मिश्रित फल प्राप्त हुनेछ । वर्षको सुरुवात संघर्षपूर्ण रहनेछ । आफ्नो परिवार र जीवनसाथीलाई एकताबद्ध गर्न संघर्ष गर्नुपर्ला । जीवन साथीको पुर्ण सहयोग मिल्नेछ ।

प्रेम जीवन : तुला राशिका व्यक्तिहरूको प्रेम जीवनमा सन् २०२३ ले सकारात्मक नतिजा ल्याउने सम्भावना छ । रिसाउने तथा आक्रामक स्वभावले प्रेमी-प्रेमिकालाई विचलित तुल्याउन सक्छ । यद्यपि आफ्नो बानिमा सुधार ल्याए केही सकारात्मक परिणाम प्राप्त ह‍ोला । तपाईंहरू बीचको प्रेममा बृद्धि हुनेछ ।

स्वास्थ्य स्थिति : केही मानसिक समस्याको सामना गर्नुपर्ने हुनसक्छ भने केही बाह्य समस्याले समेत सताइनुहुनेछ।कुनै पनि कुरामा धेरै चिन्ता नगर्नु होला ।

शिक्षा तथा करियर : व्यवसायीहरुका लागि वर्ष २०२३ औसत रहनेछ । यो वर्ष नाफा कमाउन खास काम गर्नु पर्ने देखिन्छ। साझेदारीमा व्यवसाय गर्नेहरूले कठिनाइहरूको सामना गर्न सक्छन् । यदि यो वर्ष केहि नयाँ गर्न जाँदै हुनुहुन्छ भने बाटोमा अवरोधहरु खडा हुन सक्छन । तपाईंले आफ्नो क्षमताहरूमा विश्वास गर्न आवश्यक छ ।

धन-सम्पत्ति : वर्षभरि नै खर्चमा नियन्त्रण गर्नुपर्नेछ । आम्दानीको तुलनामा बढी खर्चको बोझले आर्थिक संकट बढाउन सक्छ। आफ्नो बचत र खर्चका आधारमा नयाँ योजना बनाउनु होला ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया