शुक्रबार, वैशाख ७, २०८१

पानीलाई कुन समयमा कति मात्रामा पिउने ?

नेपालखोज २०७९ पुष ६ गते १५:२१

पानी हाम्रो जीवनका लागि अति आवश्यक चीज हो तर के तपाइलाई यो थाहा छ कि दैनिक बिहान बासी मुखमा पानी पिउनाले जो हाम्रो मुखमा एक किसिमको राल हुन्छ त्यो हाम्रो पेटमा पुगेर कयौं रोगहरुबाट बचाउँछ । राल मुखमा बन्ने यस्तो पदार्थ हो जसले एन्टीसेप्टीकको जस्तो काम गर्दछ र हामीले थाहै नपाइ कयौं रोगबाट बचाइ रहेको हुन्छ ।

पानी पिउनाले शरीरका कयौ रोग निको हुन्छ, पानीले छालाको रोग लाइ पनि हतपत लाग्न दिँदैन भने विभिन्न किसिमका रोगहरु लाग्नबाट बचाउन पनि पानीले धेरै ठूलो सहायता गर्छ । यदि पानीलाई बिहानै बासी मुखमा पिउने गरियो भने यसको फाइदा सुनेर तपाईं पनि अचम्ममा पर्न सक्नु हुनेछ । आउनुहोस् जानौं पानीलाई कुन समयमा कति मात्रामा पिउने ? किनकी पानी पिउने सही तरीकाले मात्र तपाईलाई स्वस्थ राख्न सक्दछ ।

बिहान बासी मुखमा पानी पिउनुको फाइदा

बिहानै उठ्ने बितिकै बासी मुखमा पानी पिउनाले शरीर भित्रका अंगहरु सक्रिय हुने गर्दछन् जसले पाचन प्रक्रिया सहज हुन्छ भने अनुहारमा पनि चमक बढ्छ । बासी मुखमा पानी पिउँदा शरीरभित्रका बिकारहरुको पनि सफा हुने काम हुन्छ ।

पानीले रगतमा भएका वि’षाक्त पदार्थ सफा गर्छ। पानी पिउनाले नयाँ रक्त कोषिया र तन्तु बन्न मद्धत पुग्छ, जसले तौल सन्तुलित राख्न सहयोग पुर्याउँछ। जसले गर्दा हाम्रो शरीर स्वस्थ बन्न मद्दत गर्दछ । सुत्नुभन्दा पहिले पानी पिउनाले मुटु रोगका बिरामीहरुलाई फाइदा पुग्दछ । यसले मुटुलाई नर्मल अवस्थामा राख्नुका साथै हर्ट अट्याक बाट पनि जोगाउँछ । नुहाउनुभन्दा पहिले एक गिलास पानी पिउनुस जसले हाइ ब्लडप्रेसर लाइ कन्ट्रोल गर्न मद्दत गर्छ ।

साँझको खानाभन्दा पहिले यदि तपाइले १ गिलास पानी पिउनुभयो भने यसले पेट भरिनेहुनाले धेरै खानाको जरुरत पर्दैन जसले शरीर मोटाउनबाट जोगाउछ । यदि तपाईं तनावमा पर्नु भयो भने तत्काल १ गिलास पानी पिउनुहोस् यसले दिमागलाई शान्त राख्न मद्दत गर्छ र तनाव पनि कम हुन्छ । पानी पिउने नियममा सुधार गर्ने हो भने यसबाट हुने फाइदा पनि मिल्न थाल्दछ । जसले गर्दा आफ्नो स्वास्थ्यसँग जोडिएको समस्याहरुलाई समाधान गर्न सकिनेछ ।

प्रतिक्रिया