शनिबार, जेठ ५, २०८१

ऐतिहासिक बाह्र भैरव नाच

नेपालखोज २०७९ पुष ८ गते १२:१८

काठमाडौं । प्रत्येक ६ वर्षमा प्रदर्शन गरिने पोखराको ऐतिहासिक बाह्र भैरव नाच बिदेशी पर्यटकहरुलाई लक्षित गरेर यहि पौष १७ गते अर्थात अंग्रेजी नयाँ वर्षका दिन जनवरी १, २०२३ का दिन बैदाम लेकसाइड क्याम्पिङ ग्राउण्ड नजिकै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी बैदाम अगाडि प्रदर्शन हुदैछ । प्रदर्शनका लागि नेपाल टुरिज्म बोर्ड, पोखरा महानगरपालिका वडा नं ६, लेकसाइड ब्रदर्स तथा पर्यटनसंग आबद्ध संघ संस्थाको सामुहिक सहयोग र सहकार्य रहनेछ ।

बिदेशी पर्यटकहरु तथा नेपाली पर्यटकहरुलाई पनि भैरव नाच बारे जानकारी दिनका लागि नेपाल टुरिज्म बोर्डको सहयोगमा जानकारीमूलक फ्लिप नेपाली, नेवारी तथा अंग्रेजी तीन भाषामा छपाउने कार्य सम्पन्न भएको छ भने नाचका क्रममा पर्यटकलाई पूर्ण नेवारी संस्कारको अनूभुति दिलाउन खेँ स्वगँ (उसिनेर भुटेको हाँसको अण्डा, माछा, लसुन, अदुवा) पनि प्रदान गरिनेछ । ब्यबस्थित रुपमा प्रदर्शन गरिने यो नाचको प्रमुख प्राथमिकता बिदेशी पर्यटक भए पनि नेपाली दर्शनार्थीहरुले पनि नाच हेर्न सक्नेछन् ।

भैरव नृत्य ऐतिहासिक मात्र नभएर तान्त्रिक पद्धतीको नृत्य हो ।

प्रतिक्रिया