सोमबार, वैशाख २४, २०८१

नेप्से १,८६७ अंकमा, सातामा चार अर्ब ९५ करोड ७७ लाखको सेयर किनबेच

नेपालखोज २०७९ पुष ८ गते १२:३६

काठमाडौं । यो साता नेप्से १८ सय ६७ दशमलव २१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६७ दशमलव छ अंकमा पुगेको छ । सातामा दुई सय ५७ वटा कम्पनीहरुको एक लाख २४ हजार ३७ पटकको कारोबारमा एक करोड ५० लाख ५२ हजार चार सय ७४ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ९५ करोड ७७ लाख आठ हजार ५० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा केही कम हो ।

गत साता भने नेप्सेमा दुई सय ५४ वटा कम्पनीहरुको एक लाख तीन हजार आठ पटकको कारोबारमा एक करोड ३९ लाख ६४ हजार एक सय २४ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब १६ करोड ६९ लाख ९७ हजार सात सय ५५ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नैं खुल्ला रहेकोमा दोस्रो र तेस्रो दिन नेप्से बढेपनि पहिलो, चौंथो र पाँचौं दिन नेप्से घटेको थियो ।

जसअनुसार पहिलो दिन २७ दशमलव ५४ अंकले घटेर १८ सय ५५ दशमलव छ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन शून्य दशमलव शून्य एक अंकले घटेर एक हजार आठ सय ६७ दशमलव २१ अंकमा सिमित हुन पुगेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन पाँच दशमलव २२ अंकले घटेर तीन सय ६२ दशमलव ८२ खुम्चिएकोमा अन्तिम कारोबार दिन भने एक दशमलव ७२ अंकले बढेर तीन सय ६७ दशमलव ६ अंकमा पुग्न सफल भएको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा शिवम सिमेन्ट, नेपाल टेलिकम, हिमालयन डिष्ट्रिलरी प्राली आदि अगाडि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा भने यो साता शिवम सिमेन्ट, नेपाल टेलिकम अगाडि परेकाछन । यसैगरी बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया