मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत
नेपालखोज
२०७९ पुष ८ गते १७:१६

काठमाडाैं । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेस गरेका राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गरेका छन् ।
प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोकेका वाग्मती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री पाण्डेले गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभई हिजो मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया