शनिबार, जेठ ५, २०८१

मकर राशिका लागि वर्ष – २०२३ कस्तो रहनेछ ?

नेपालखोज २०७९ पुष ९ गते ७:५४

मकर राशिका लागि वर्ष – २०२३ गतिशील रहनेछ । कडा परिश्रमको फल प्राप्त हुनेछ । मकर राशि हुनेहरू आत्म-केन्द्रित र अलिकति स्वार्थी हुन्छन् । यो वर्ष तपाईको व्यक्तिगत बन्धन पहिले भन्दा बलियो बनाउने महत्वपूर्ण अवसर हो । वर्षको मध्यमा भने केही समस्याको सामना गर्नु पर्नेछ।

पारिवारिक स्थिति : मकर राशिका व्यक्तिहरूले यो वर्ष सामान्य परिणाम प्राप्त गर्नेछन्। परिवारका सदस्यहरूसँग मतभेद हुन सक्छ। परिवारमा शान्ति कायम राख्न उनीहरूसँग उचित व्यवहार गर्नुहोस्।

नोकरी तथा व्यापार : व्यवसायमा प्रगति हुनेछ । वर्षको शुरुमा व्यापारमा राम्रो नतिजा मिल्नेछ । परिश्रमको फल पाईनेछ ।

वैवाहिक स्थिति : मकर राशिका विवाहितहरूका लागि नयाँ वर्ष २०२३ ले केहि उतारचढाव ल्याउनेछ । विशेष गरी बुध मकर राशिमा प्रवेश गर्नेछ जुन लाभदायक हुनेछ । यो समयमा तपाइँले जीवन साथीबाट बिशेष माया र सहयोग प्राप्त गर्नुहुनेछ।

प्रेम जीवन : वर्षको सुरुवात अलिकति कष्टदायक रहनेछ । तपाईंको प्रेम जीवनमा गलतफहमी वा समस्या सृजना हुनसक्छ , ख्याल गर्नुहोला ।

स्वास्थ्य स्थिति : तपाईंले केही सामान्य स्वास्थ्य समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। राम्रोसँग खानुहोस् र आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नुहोस्।

शिक्षा तथा करियर : मकर राशिका विद्यार्थीहरूका लागि नयाँ वर्ष २०२३ अलि कठिन हुनेछ। प्राथमिक तहमा पढनेहरुका लागि भने समय राम्रो छ । यदि तपाई नयाँ कामको खोजीमा हुनुहुन्छ भने सफलता हात लाग्नसक्छ ।

धन – सम्पत्ति : वर्षको प्रारम्भमा विभिन्न माध्यमबाट धन प्राप्त हुनेछ । सूर्य तपाईको राशिमा प्रवेश गर्नेछन । तपाईले आफ्नो खर्चमा भने नियन्त्रण गर्नु पर्नेछ।


विशेष सावधानी : माथि उल्लेखित जानकारि परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया