शनिबार, जेठ ५, २०८१

कुम्भ राशिका लागि वर्ष- २०२३ कस्तो रहनेछ ?

नेपालखोज २०७९ पुष १० गते ७:२९

सन् २०२३ नयाँ आशा र नयाँ संकल्प लिएर आउँदैछ । २०२३ सालले आफ्ना लागि राम्रो दिन ल्याओस् भन्ने आशामा सबै जना छन् । सबैजस्तै, कुम्भ राशिका मानिसहरू पनि जान्न चाहन्छन्, उनीहरूका लागि के लिएर आउँदैछ यो नयाँ वर्षले । कुम्भ राशि बाह्र सूर्य चिन्ह मध्ये एघारौं राशि हो। य‍ो राशिका मानिसहरु धेरै राम्रो स्वभाव र व्यवहारका हुन्छन् भने उनीहरु आफ्नो कार्यक्षेत्रमा पनि निपूर्ण हुन्छन् ।

पारिवारिक जीवन : यो वर्ष तपाईको जीवनमा केहि खुशी र केहि समस्या आउनेछ। जीवनमा अगाडि बढ्ने ठूलो अवसर मिल्नेछ, जसले तपाईको जीवनमा सकारात्मकता ल्याउनेछ। तपाईंले सावधान रहनु आवश्यक छ र कुनै पनि कुरामा रिसाउनु हुँदैन। तपाईका लागि परिवारको सहयोग आवश्यक छ तब मात्र अगाडि बढ्ने मौका पाउनुहुनेछ।

नोकरी तथा व्यापार : व्यवसायमा वान्छित सफलता प्राप्त गर्न वरिष्ठहरुको सहयोग लिनुपर्नेछ । जागिर खाने व्यक्तिले पदोन्नतिमा बाधा र समस्याको सामना गर्नु पर्ला । शान्त र ठन्डा दिमागले आफ्नो काममा बिस्तारै अगाडि बढ्नुहोला ।

वैवाहिक स्थिति : कुम्भ राशिका व्यक्तिहरुका लागि यो समय मिश्रित फलदायी छ । वैवाहिक जीवनमा समस्या आउन सक्छ। वर्षको अन्त्यतिर चीजहरू राम्रो हुँदै जाने देखिन्छ। आफ्नो जीवनसाथीको माया र समर्थनले, तपाईं आफ्नो सम्बन्धलाई कायम राख्न सक्षम हुनुहुनेछ।

प्रेम जीवन : अविवाहितहरु यो वर्ष पनि अविवाहित नै रहने सम्भावना बढी छ । यो वर्ष रोमान्सको सट्टा मानिसहरुसँग साथीका रूपमा जोडिन रुचाउँनु हुनेछ ।

स्वास्थ्य स्थिति स्दि : तपाई पहिले नै कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने, व्यवस्थित आहार(व्यबहारको पालना गर्नु एकदमै आवश्यक छ। स्वास्थ्यको दृष्टिले यो वर्ष मध्यम तर शुभ रहनेछ। यदि प्रतियोगी परीक्षामा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने, अध्ययनलाई प्रयाप्त समय दिनुहोस्।

धन- सम्पत्ति : आर्थिक दृष्टिले २०२३ को शुरुवात शुभ रहनेछ । यो वर्ष दाजुभाइका कारणले आर्थिक लाभ पनि मिल्नेछ । यात्रा गर्दा वा सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस् किनभने शनि आरोहणमा रहेकाले शारीरिक असहजता ल्याउन सक्छ। बोलिमा संयम राख्नुहोस अन्यथा वातावरण बिग्रन सक्छ ।

बिशेष सावधानी : माथि उल्लेखित जानकारि परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया