शुक्रबार, वैशाख २८, २०८१

फ्लासब्याक– २०२२: सन् २०२२ मा यी कारले बढाए अटो उद्योगको चमक

नेपालखोज २०७९ पुष १० गते १५:३८

काठमाडाैं । सन् २०२२ सकिन लागेको छ । यो वर्ष धेरै कुराका लागि परिचित हुनेछ । यसले अटो उद्योगलाई पुनर्जीवित गर्न र यसलाई नयाँ दिशा दिन महत्वपूर्ण भूमिका खेलेको छ । कोरोना पछि अटो उद्योगले जुन गतिमा बृद्धि हासिल गरेको छ त्यो अकल्पनीय छ ।

२०२२ मा लन्च गरिएका अधिकांश कार किन्न महिनौं लामो प्रतीक्षा गर्नुपर्यो । यो वर्ष यी ४ पाङ्ग्रे सवारीसाधनले बिशेष चर्चा पाए :

मारुती बलेनो सीएनजी / टोयोटा ग्लान्जा : मारुती बलेनो सीएनजी र टोयोटा ग्लान्जा सीएनजी फ्याक्ट्री फिट गरिएको सीएनजी किटसहितको पहिलो प्रिमियम ह्याचब्याक बनेका छन् र यसको अन्तर्राष्ट्रिय बजार मूल्य क्रमशः १३.२० लाख र १३.४९ लाख रुपैयाँ छ। यी दुबै कार द्वि-इंन्धनमा उपलब्ध छन् जसले क्रमशः ७७बिएचपी तथा ९८.५ एनएम पीक पावर र टर्क आउटपुट उत्पादन गर्दछन ।

मारुति अल्टो के-१०, सेलेरिय‍ो सिएनजी तथा एस-प्रेसो : मारुतीले यो वर्ष नयाँ अल्टो के टेन , सेलेरियो तथा अपडेट गरिएको एस – प्रेसो पनि लन्च गर्‍यो । यी सबै तीन ह्याचब्याकहरू पेट्रोल र सिएनजी पावरट्रेन विकल्पमा प्रस्तावित छन् ।

सीएनजी र ईभी दुवै सेक्टरमा टाटा टिगोर : टाटा टियागो र टिगोर भारतीय बजारमा १६ लाख रुपैयाँ मुनिका सबैभन्दा सुरक्षित कार हुन् र यी दुई इन्जिन विकल्प – १.२ एल रेभोट्रोन पेट्रोल र १.२ एल रेभोट्रोन द्वि-इंन्धन सीएनजीका साथ प्रस्तावित छन्। सीएनजी पावरट्रेनले क्रमशः ७३ बीएचपी र ९५ एनएमको पीक पावर तथा टर्क आउटपुट प्रदान गर्दछ भने यसको माइलेज २६.४९ किमी भएको दाबी गरिएको छ। कम्पनीले ईभी सेग्मेन्टमा टियागो पनि लन्च गरेको छ, जुन मिनी बजेट कार हो। यो इलेक्ट्रिक सेडान हो र दुई रंगमा उपलब्ध छ। टाटा टिगोर इभीले प्रशस्त भण्डारण स्पेस प्रदान गर्दछ। पावरको कुरा गर्दा टिगोर ईभीले १०५ एनएम टर्कको साथ ४० बीएचपी पावर जेनेरेट गर्छ ।

मारुती ग्रान्ड भिटारा : नयाँ मारुती सुजुकी ग्रान्ड भिटारा दुई इन्जिन विकल्पका साथ उपलब्ध हुनथाल्यो । यसमा ईसीभीटीसँग जोडिएको बलियो हाइब्रिड प्रविधिसहितको १.५ लिटर पेट्रोल इन्जिन छ। यो त्यही पावरट्रेन हो जुन टोयोटा अर्बन क्रुजर हाइडरमा प्रयोग गरिन्छ। यसले ९१ बीएचपी तथा १२२ एनएम उत्पादन गर्छ भने यसको इलेक्ट्रिक मोटरले ७९ बीएचपी तथन १४१ एनएम उत्पादन गर्छ । भारतिय बजारमा मारुती ग्राण्ड भिटाराको मूल्य १६.७२ लाख बाट सुरु भएर ३१.४४ लाख सम्म पर्छ। ग्राण्ड भिटारा १५ वटा भेरियन्टमा उपलब्ध छ ।

प्रतिक्रिया