विदेशी मुद्राको विनिमयदर : कति पुग्याे डलरको भाउ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ४३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६० रुपैयाँ २५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १८ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया