सोमबार, वैशाख २४, २०८१

५६ अंकले नेप्से बढ्दा दुई अर्ब नौ करोडको सेयर किनबेच

नेपालखोज २०७९ पुष ११ गते १५:३६

काठमाडौं । नयाँ राजनीतिक सर्रगर्मी संगै नेप्से बढेको छ । माओवादी केन्द्रले नेपाली काँग्रेससंगको गठबन्धन तोडेर नेकपा एमालेसंग नयाँ गठबन्धन कायम गरेको र एमाले कै सहयोगमा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार बन्ने प्रकृया सुरु भएसंगै यसको प्रभाव नेप्सेमा पनि देखिएको छ । सोही प्रभावका कारण हुन सक्छ साताको दोस्रो कारोबार दिन तर कारोबार खुलेको पहिलो दिन आज (सोमबार) नेप्से बढेको छ । नेप्से ५६ दशमलव ८८ अंकले बढेर १९ सय २४ दशमलव नौ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३८ अंकले बढेर तीन सय ७५ दशमलव ४४ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ५० वटा कम्पनीहरुको ३८ हजार पाँच सय ५३ पटकको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब नौ करोड ७० लाख ४९ हजार नौ सय ४१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा अन्य समूहको सूचक ३४ दशमलव ६६ अंकले घटेर बाँकी समूहहरुको सूचक उच्च अंकले बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ४२ दशमलव ७३ अंकले बढेर १३ सय १९ दशमलव ६० अंकमा चढेको छ भने बिकास बैंक समूहको सूचक पनि एक सय ५२ दशमलव पाँच अंकले बढेर तीन हजार चार सय १५ दशमलव ४२ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक पनि एक सय दशमलव नौ अंकले बढेर दुई हजार ३९ दशमलव ३० अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि दुई सय ५२ दशमलव १० अंकले बढेर नौं हजार तीन सय १४ दशमलव ७५ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ५७ दशमलव ६२ अंकले बढेर सात हजार छ सय ५३ अंकमा चढेकोमा फाइनानस, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज गोर्खाज फाईनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ३९ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल टेलिकमको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ५६ प्रतिशतले घटेर नौ सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

नेपाल टेलिकमको प्रतिकित्ता नौ सय रुपैयाँ अन्तिम मूल्यमा २० करोड ८८ लाख सात हजार दुई सय ४४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया