शनिबार, जेठ ५, २०८१

सन् २०२३ : कुन राशिको हुँदै छ भाग्योदय ?

नेपालखोज २०७९ पुष १२ गते ६:३५

नयाँ वर्ष २०२३ सुरु हुन केही दिन मात्र बाँकी छ । आउँदो वर्ष आफ्ना लागि भाग्यशाली हुन्छ कि हुँदैन भन्ने जिज्ञासा सबैमा छ । आउने वर्षले मेरा लागि के ल्याउनेछ भन्ने प्रश्न धेरैको मनमा हुन सक्छ । वार्षिक राशिफलका अनुसार सन् २०२३ केही राशिका लागि राम्रो रहनेछ ।

सन् २०२३ मा ग्रह – नक्षत्रहरुको स्थिति यस्तो हुन गइरहेको छ कि यसले ५ वटा राशिलाई पद, धन र प्रतिष्ठादेखि लिएर सबै कुरा दिनेछ। सन् २०२३ को भाग्यशाली राशिहरु कुन – कुन हुन् जानौँ ।

मिथुन : सन् २०२३ मिथुन राशिका व्यक्तिहरूका लागि धेरै भाग्यशाली साबित हुन सक्छ। जनवरी महिना पछि तपाईको राम्रो समय सुरु हुनेछ र तपाईले प्राप्त गर्नुहुने नयाँ अवसरहरूले तपाईलाई ठूलो फाइदा दिनेछ। तपाईको आम्दानी बढ्नेछ । उच्च पद प्राप्त गर्न सकिन्छ । मान सम्मान बढ्नेछ । कसैको मन दुख्ने काम नगर्नुहोस् ।

सिंह : १७ जनवरी २०२३ मा शनि गोचर हुने बित्तिकै सिंह राशिका व्यक्तिहरूको सुनौलो दिन सुरु हुनेछ । जीवनमा एकपछि अर्को सकारात्मक परिवर्तन आउनेछ । तपाईको प्रभाव बढ्नेछ । आर्थिक लाभ मिल्नेछ । नोकरी-व्यवसायमा सफलता हात पर्नेछ । सरकारी क्षेत्रबाट लाभ पाइएला भने आम्दानी बढ्नेछ । अनावश्यक अहंकारबाट जोगिनुहोला ।

तुला : तुला राशि हुनेहरूका लागि २०२३ राम्रो वर्ष साबित हुन सक्छ। अहिलेसम्म रोकिएका कामहरु द्रुत गतिमा अघि बढ्नेछन् । जीवनमा यति चाँडो सुखद परिवर्तनहरू हुनेछन् कि तपाई आफैं छक्क पर्नुहुनेछ । मनग्गे धन आर्जन हुनेछ । आर्थिक स्थितिमा ठूलो राहत पाइनेछ। आफ्ना प्रियजनहरूको ख्याल राख्नुहोला ।

वृश्चिक : वर्ष २०२३ ले आम्दानी बढ्नेछ भने खर्च पनि बढ्नेछ । यसका लागि बजेटमा ध्यान दिनुहोला । जीवनमा सुख सुविधा बढ्नेछन । सुखद यात्रा हुनेछ। घरपरिवारको खुसी कायम रहनेछ। समग्रमा २०२३ सालले सुख, समृद्धि एवं शान्ति ल्याउनेछ ।

कुम्भ : बृहस्पतिको गोचर कुम्भ राशिका लागि भाग्यशाली हुनेछ । काममा सफलता मिल्नेछ भने आम्दानी बढ्नेछ । तपाईं आफ्नो पैसा राम्रोसँग व्यवस्थापन गर्न सक्षम हुनुहुनेछ । यो वर्ष लगानीका लागि निकै राम्रो छ । शेयर बजारबाट लाभ मिल्नेछ ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया