सोमबार, वैशाख ३१, २०८१

सुनको मूल्य सामान्य बढ्यो, चाँदिको स्थिर

नेपालखोज २०७९ पुष १२ गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन भाउ बढेको छ । भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख २ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी आज प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया