सोमबार, वैशाख २४, २०८१

६० अंकले नेप्से बढ्दा तीन अर्ब ८८ करोडको सेयर किनबेच

नेपालखोज २०७९ पुष १२ गते १५:२८

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुबैले छलाङ मारेको छ । अघिल्लो दिन झण्डै ५७ अंकले बढेको नेप्से आज (मंगलबार) पुन ५९ दशमलव ८७ अंकले बढेर १९ सय ८३ दशमलव ९५ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले बढेर तीन सय ८६ दशमलव पाँच अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ६१ वटा कम्पनीहरुको ६३ हजार ६७ पटकको कारोबारमा एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ८८ करोड ४३ लाख ९६ हजार नौ सय ९७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा मंगलबार १३ वटा समूहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो देखिएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक ३५ दशमलव सात अंकले बढेर १३ सय ५४ दशमलव ७५ अंकमा पुगेको छ भने बिकास बैंक समूहको सूचक एक सय दशमलव ३९ अंकले बढेर तीन हजार पाँच सय १५ दशमलव ८१ अंकमा पुगेको छ ।

जलबिद्युत समूहको सूचक पनि ९३ दशमलव ३५ अंकले बढेर २१ सय ३४ दशमलव ६५ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक तीन सय ७२ दशमलव २१ अंकले बढेर नौ हजार ६ सय ९० दशमलव ९२ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ८३ दशमलव ४२ अंकले बढेर सात हजार नौ सय ३६ दशमलव ४२ अंकमा चढेको छ । फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समूहहरुको सूचक उच्च अंकले बढेका छन् ।

नेप्सेमा मंगलबार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ६५ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य दुई दशमलव ६३ प्रतिशतले घटेर १५ सय ८९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज लुम्बिनी विकास बैंकको प्रतिकित्ता दुई सय रुपैयाँ अन्तिम मूल्यमा २० करोड ९४ लाख ९० हजार पाँच सय नौ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया