किन असन्तुष्ट भए वर्षमान ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेस नेतृत्वको गठबन्धनबाट छुटाएर पुन: एमाले–माओवादी गठबन्धन निर्माणमा तल्लीन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ पार्टी अध्यक्ष पुस्पकमल दहाल सँग रुस्ट भएको बताइन थालेको छ । यहि कारणले उनि हाल दाहालको सम्पर्कबाट समेत टाढिएका छन् ।
माओवादीनिकट स्रोतकाअनुसार पुनले दाहाल नेतृत्वको सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने चाहना राखेका थिए तर उनको साटो पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री सरकारमा गए । पुन यसअघि पटक – पटक महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागि भैसकेकाले उनी यश पटक आफुलाइ उपेक्षित महसुस गरिरहेको बताइन्छ । यस पटक उनि उनी अरुले छोडेको मन्त्रालय लिएर कम महत्वको पोजिसनमा बस्न अनिच्छुक भएको बताइदैछ ।
पुन चुनावलगत्तै चीनमा उपचार गराएर फर्किएपछि एमाले–माओवादी मिलाउन सक्रिय भएका थिए । पुन पहिले देखि नै एमालेसँग सहकार्य गर्नुपर्छ भन्ने लाइनका नेता मानिन्छन् । प्रचण्डलाई तेस्रो पटक सरकारको नेतृत्वमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे पनि पुन आफै सरकारबाट वञ्चित भए पछि उनले अध्यक्ष दाहाल प्रधानमन्त्री भएकोमा बधाई समेत नदिएको माओवादी कार्यकर्ताहरु बताउँछन् ।
प्रतिक्रिया