मंगलबार, जेठ ८, २०८१

कुन होला ‘असली बाजेको गठबन्धन’ ?

नेपालखोज २०७९ पुष १३ गते ६:४९

काठमाडाैं । कलाकार मनाेज गजुरेलले अहिलेकाे राजनीतिका बारेका व्यंग्य गरेका छन् । उनले आफ्नाे सामाजिक सञ्जालमार्फत ‘फनपोस्ट’ भन्दै अहिलेकाे राजनीतिका परिवेसका बारेका व्यंग्य गरेका हुन् ।

सक्कली बाजेको गठबन्धन,
नक्कली बाजेको गठबन्धन,
पुरानो बाजेको गठबन्धन,
नयाँ बाजेको गठबन्धन ?

उहि बाजेको गठबन्धन,
फुइँ बाजेको गठबन्धन,
वैद्यनाथ बाजेको गठबन्धन,
अवैधनाथ बाजेको गठबन्धन ?

अनुभवी बाजेको गठबन्धन,
अनुभवहिन बजैसँग गठबंधन,
हिजोका बाजेको गठबन्धन,
भोलीका बाजेको गठबन्धन ?

बाझेको जुझेको गठबन्धन,
लडेको सडेको गठबन्धन,
ओली बाजेको गठबन्धन,
भोली बाजेको गठबन्धन ?

दहाल बाजेको गठबन्धन,
बेहाल बाजेको गठबन्धन,
देउवा बाजेको गठबन्धन,
हौवा बाजेको गठबन्धन ?

रामचन्द्र बाजेको गठबन्धन,
बनबासी बाजेको गठबन्धन,
त्यसका बाजेको गठबन्धन,
बाजेका बाजेको गठबन्धन ?

उसका बराजुको गठबन्धन,
त्यसका च्याब्जुको गठबन्धन,
ओल्ड ईज गोल्ड गठबन्धन,
गोल्ड ईज सिल्भर गठबन्धन ?

लोभी बाजेको गठबन्धन,
पापी बाजेको गठबन्धन,
मोदी बाजेको गठबन्धन,
सोधी खोजीको गठबन्धन ?

बाईडन बाजेको गठबन्धन,
बाईडनका डनको गठबन्धन,
सि जिनपिङको गठबन्धन,
नमच्चिने पिङको गठबन्धन ?

स्वतन्त्र बाजेको गठबन्धन,
परतन्त्र बजैको गठबन्धन,
गठबन्धनको पनि गठबन्धन,
त्यसका बाजेको गठबन्धन ?

प्रतिक्रिया