शनिबार, असोज २६, २०८१

प्रधानमन्त्री दाहाल, उपेन्द्र र नेपालबीच भेटवार्ता

नेपालखोज २०७९ पुष १३ गते ११:०८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । ललितपुरस्थित प्रचण्डका आफन्तको निवासमा तीन नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेको एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयास भइरहेको छ । उपेन्द्र यादवलाई पनि सरकारमा सहभागी गराउने प्रयत्न भइरहेको छ । जसपाले संसदीय दलको नेता चयन गरेको छैन । संसदीय दलको नेता चयन भएपछि मात्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया