कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेद्वारी दर्ता
काठमाडाैं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेद्वारी परेको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरुले कांग्रेस वाग्मती प्रदेशको कार्यालय हेटौँडामा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।
बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र प्रस्तावकमा प्रभात तामाङ छन् । यस्तै लामाको प्रस्तावकमा कुन्दनराज काफ्ले हुनुहुन्छ भने समर्थनमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस वाग्गमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ । दलको नेताका लागि कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । रासस
प्रतिक्रिया