१ सय ७ जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा
काठमाडौं । काठमाडौँ उपत्यकामा आज बिहानै गरिएको विशेष चेकिङको क्रममा एक सय सात जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।
जसमा कागजपत्र साथमा नबोकेका सात जना र अवस्था ठीक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारवाहीमा परेका हुन् ।
त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने आठ वटा स्कुल बसका चालकलाई पनि कारवाही गरीएको छ । सवारीको अवस्था ठिक नराख्ने तीन जना, झ्यालमा डण्डी नराख्ने तीन जना र कागजपत्र साथमा नबोक्ने दुई जना गरी आठ जना स्कुल बसका चालकहरु रहेका छन् । यो सँगै कागजपत्र साथमा नबोकेका एक जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारवाही गरिएको छ ।
सडकमा सहज र सुरक्षित यात्रा गराउन र ट्राफिक नियम पालना गराउन विशेष चेकजाँच गर्ने गरेकोकाठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।
प्रतिक्रिया