सोमबार, वैशाख ३१, २०८१

सुनचाँदीको मूल्य सामान्य घट्यो

नेपालखोज २०७९ पुष १४ गते ११:२२

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ९ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ २ सय रुपैयाँले घटेर छ । तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ६ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ २० रुपैयाँले घटेर छ । चाँदी आज प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया