सोमबार, असोज २८, २०८१

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २६ करोड ५८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७९ पुष १४ गते १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा २६ करोड ५८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका विभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्दती निक्षेपकोरुपमा २०७९ माघ दुई गतेदेखि २०८० माघ एक गतेसम्मको लागि राख्न लागिएको हो ।

यसरी मुद्दती निक्षेपकोरुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि २१ करोड २६ लाख, विकास बैंकहरुको लाग तीन करोड ९९ लाख र फाइनान्स कम्पनीहरुको लागि एक करोड ३३ लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही पुस २१ गतेसम्म म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याजसमेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया