आइतबार, जेठ ६, २०८१

बाबा भेंगाको भविष्यवाणी : कस्तो रहनेछ आगामी वर्ष ?

नेपालखोज २०७९ पुष १६ गते ८:११

सन् २०२३ प्रारम्भ हुन लागेको छ । नयाँ वर्षबाट सबैले नयाँ अवसरको अपेक्षा गरेका हुन्छन् । यस्तोमा अब आउने वर्षका बारेमा सबै मानिस जान्न उत्सुक छन् । यसबीच, सन् २०२३ का बारेमा बिभिन्न भविष्यवाणीहरू सार्वजनिक भएका छन् भने विश्व प्रसिद्ध ज्योतिषी बाबा भेङ्गाले सन् २०२३ का लागि केहि भविष्यवाणी गरेकि छिन् । उनको भविष्यवाणी सुनेर कतिपय मानिस डराउन थालेका छन्, किनभने उनले यसअघि गरेका धेरै भविष्यवाणीहरु सत्य साबित भएका छन् ।

को हुन बाबा भेङ्गा ? :

बाबा भेंगाको वास्तविक नाम भान्जेलिया पाण्डेवा गुष्टारोवा थियो । उनी बुल्गेरियाकी महिला रहस्यवादी थिइन् । १२ वर्षको उमेरमा उनले दुवै आँखाको ज्योति गुमाइन् । ३ अक्टोबर १९११ मा जन्मिएकि बाबा भेङ्गाले आफ्नो सम्पूर्ण जीवन कोझुह पर्वतको रुपाइट क्षेत्रमा बिताइन । ११ अगस्ट १९९६ मा बाबा भेंगाले यो संसारबाट बिदा लिएकि थिइन । मृत्युअघि उनले सन् ५०७९ सम्मको भविष्यवाणी गरेको बताइन्छ । उनलाई बाल्कन क्षेत्रको नोस्ट्राडेमस पनि भनिन्छ ।

जैविक हतियारको परीक्षण : बाबा भेङ्गाको सन् २०२३ को भविष्यवाणी अनुसार ठूला देशले मानिसमा बायोवेपन परीक्षण गर्न सक्छन जसले हजारौंको ज्यान लिन सक्छ ।

सौर्य सुनामी आउने : सन् २०२३ को सन्दर्भमा बाबा भेङ्गाले गरेको भविष्यवाणीलाई विश्वास गर्ने हो भने यो वर्ष सौर्य सुनामी आउने सम्भावना छ । यसअन्तर्गत सूर्यबाट निस्कने ऊर्जाको विस्फोटबाट निस्कने खतरनाक विकिरण पृथ्वीमा खसेर ठूलो विनाश निम्तिन सक्छ ।

एलियन्सले पृथ्वीमा आक्रमण गर्ने : बाबा भेङ्गाले आफ्नो भविष्यवाणीमा सन् २०२३ मा पृथ्वीमा एलियनले आक्रमण गर्न सक्ने बताएकि थिइन । भविष्यवाणी अनुसार एलियनको आक्रमण पछि संसार अँध्यारोमा ढाकिनेछ र पृथ्वीमा एलियनहरूको आगमनका कारण लाखौं मानिसहरू मर्न सक्छन् ।

प्रयोगशालामा बच्चा जन्मिने : बाबा भेङ्गाले गरेको २०२३ सालको भविष्यवाणी अनुसार यो वर्ष मानव बालबालिका प्रयोगशालामा जन्मिनेछन् । विज्ञानको निरन्तर प्रगतिलाई हेर्दा प्रयोगशालामा बच्चा जन्माउने अवधारणा छिट्टै सही साबित हुनसक्छ ।

ठूलो खगोलीय घटना हुने : बाबा भेङ्गाका अनुसार सन् २०२३ मा हाम्रो पृथ्वी ठूलो खगोलीय घटनाको साक्षी हुनेछ। यस्तो घटना अन्तर्गत पृथ्वीको कक्षमा परिवर्तन हुनेछ जसका खतरनाक प्रभावहरू हुनेछन र ठूलो संख्यामा मानिस मर्न सक्छन ।

अस्वीकरण : यो लेखमा समावेश कुनै पनि जानकारी/सामग्री/गणनाको शुद्धता वा विश्वसनीयताको ग्यारेन्टी छैन । विभिन्न माध्यम/ज्योतिषी/पंचांग/प्रवचन/विश्वास तथा शास्त्रहरुबाट सङ्कलन गरेपछि यो जानकारी तयार गरिएको हो। हाम्रो उद्देश्य केवल जानकारी प्रदान गर्नु हो । पाठकहरूले यसलाई जानकारीका रूपमा मात्र लिनुपर्छ। यसबाहेक, यसको कुनै पनि प्रयोग प्रयोगकर्ताको मात्र जिम्मेवारीमा हुनेछ ।

प्रतिक्रिया