शुक्रबार, असोज २५, २०८१

चुङवा शेर्पाको वाइल्डलाइफ फोटोग्राफी (फोटो फिचर)

नेपालखोज २०७९ पुष १६ गते ९:०२

काठमाडाैं । सोलुखुम्बुको खुम्बुमा जन्मेका चुङवा शेर्पा ६२ वर्षका भए । पर्यटन व्यवसायबाट परिवारको उचित बन्दोबस्त गरेर वाइल्डलाइफ फोटोग्राफी (वन्यजन्तुको फोटो खिच्ने काम)मा लागेका उनले ५ बर्ष विताइसके । यो अवधिमा जति मेहनत गरेका छन् । उत्तिकै मात्रामा आनन्दको महसुस पनि गरेका छन् ।

चुङवा राजनीतिज्ञ पनि हुन् । उनी नेपाली कांग्रेस खुम्बु पासाङ ल्हामू गाउँपालिकाका पालिका सभापति पदमा छन् । उनले २०७४ र २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचन पनि लडे । दुवै निर्वाचनमा पराजित बनेका चुङवाको मुख्य फोकस भने वाइल्डलाइफ फोटोग्राफीमै छ ।

उनलाई हत्तपत्त काठमाण्डौँमा भेटिदैन् । वन्यजन्तुकै फोटो खिच्नका लागि देश भित्र मात्र हैन्, विदेश पनि पुग्छन् । सन् २०२२ को जुनमा तान्जानिया पुगेका उनले सेरेन्गेटी राष्ट्रिय निकुञ्जमा वाइल्ड क्याट (बनविरालो)लाई आफ्नो क्यामरामा कैद गरे ।

व्यक्तिगत लगानीमा हप्तौ विताएर वन्यजन्तुको फोटो खिच्नु चानचुने कुरा होइन् तर चुङवा शेर्पा निरन्तर बुढ्यौली उमेरमा ऊर्जा भर्दै वाइल्डलाइफ फोटोग्राफीमा गति थप्दैछन् । उनको क्यामरामा दुलर्भ हिउँ चितुवा देखि विभिन्न प्रजातिका चराहरु कैद भइसकेका छन् ।

वाइल्डलाइफ फोटोग्राफर चुङवा शेर्पाको क्यामरामा कैद भएका केही तस्बिरहरु

शुक्लाफाँटमा खिचिएको बाघको तस्बिर, जहाँ बाघसँग चुङवाको जम्काभेट भएको थियो ।
तान्जानियाको सेरेन्गेटी राष्ट्रिय निकुञ्जमा खिचिएको सर्वलक्याट
तान्जानियाको सेरेन्गेटी राष्ट्रिय निकुञ्जमा खिचिएको सिंहको तस्बिर
चितवन राष्ट्रिय निकुञ्जमा खिचिएको वाटर रेलको तस्बिर
बर्दियामा खिचिएको हरिणको तस्बिर

स्रोत – चुङवा शेर्पा वाइल्ड लाइफ फोटोग्राफी पेज

प्रतिक्रिया