बिहीबार, जेठ ३, २०८१

फ्लासब्याक– २०२२: बक्स अफिसमा सबैभन्दा धेरै कमाउने भारतिय चलचित्र

नेपालखोज २०७९ पुष १६ गते १५:३९

काठमाडाैं । यो वर्ष भारतीय फिल्म उद्योगले राम्रो फिल्म मात्र बनाएको छैन, बक्स अफिस कलेक्सन पनि राम्रो गरेको छ । यी चलचित्रले कोभिड पछि मनोरञ्जन उद्योगमा नयाँ जीवन भर्ने काम गरेका छन्। यसमा आरआरआर देखि भुल भुलैया-२ सम्मका फिल्म समावेश छन ।

हेरौं २०२२ मा बक्स अफिसमा सबैभन्दा धेरै कमाउने शीर्ष १० चलचित्र :

१ .आरआरआर : निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरले बक्स अफिसमा दर्शकको मन जित्यो । ट्रेलर सार्वजनिक भएदेखि नै यो फिल्मलाई लिएर फरक किसिमको उत्साह थियो । भारतमा यसले ओपनिङ डे मै करिब २० करोड भारु कमाएको थियो । जबकि, भारतमा यसको लाइफटाइम कलेक्सन लगभग २७४ करोड भारतिय रुपैयाँ थियो।

२ . पोनियिन सेल्भान-१ : मणिरत्नम निर्देशित पोन्नियिन सेलवन-१ ले बक्स अफिसको रेकर्ड तोडेको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो तमिल फिल्महरू मध्ये एक हो । पीएस-१ ले भारतमा ५०८ करोड भारु कमाएको छ ।

३ . विक्रम : लोकेश कनकराजको विक्रम मा कमल हसन, विजय सेतुपति तथा फहद फासिल मुख्य भूमिकामा थिए। यो फिल्मले विश्वव्यापी बक्स अफिस कलेक्सनबाट ५ सय करोड भारु भन्दा बढी कमाइसकेको छ ।

४ . पुष्पा: द राइज़ : कोभिड–१९ महामारीको तेस्रो लहरका बाबजुद पुष्पा: द राइजले ठूलो कमाई गरेको छ । सुकुमारद्वारा निर्देशित तथा अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनीत यो फिल्म करिब २०० करोड भारुमा तयार गरिएको थियो । यो फिल्मले ३५० करोड भारु भन्दा बढी कमाइ गरेको बताइएको छ ।

५ . कान्तारा : करिब १६ करोड भारुमा तयार पारिएको कान्ताराले यो वर्षको सेप्टेम्बरमा रिलिज भएपछि विश्वभरका थिएटरबाट ४ सय करोड भारु कमाएको छ । फिल्मको स्क्रिप्ट लेख्नेदेखि यसमा अभिनय गर्ने सम्मको काम ऋषभ एक्लै ले गरे र सबैको मन जिते।

६ . कश्मीर फाइल्स : विवेक रञ्जन अग्निहोत्रीको यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्‍यो र समाचारको हेडलाइनहरु पनि कब्जा गर्यो । पहिलो दिन करिब ३ करोड कमाए पनि त्यसपछि यो फिल्मको क्रेज बढ्यो र फिल्मले करिब २५२ करोड भारुको लाइफटाइम कलेक्सन गर्यो ।

७ . केजिएफ-अध्याय-२ : यश स्टारर फिल्म केजीएफ-टु यो वर्षको सबैभन्दा प्रतिक्षित सिक्वेल साबित भयो । फिल्म रिलिजको पहिलो दिन नै हलमा दर्शकको भीड लागेको थियो । भारतमा यो फिल्मको लाइफटाइम कलेक्सन करिब ४३४ करोड भारु थियो।

८. भूल भुलैया-२ : बलिउडमा पैसाको वर्षा गर्ने चलचित्रको श्रेय कार्तिक आर्यन स्टारर भुल भुलैया-२ लाई जान्छ। कार्तिक आर्यनको यो फिल्म २५० करोड भारु भन्दा बढीको बक्स अफिस कलेक्शनका साथ २०२२ मा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्न सफल भयो ।

९ . ब्रह्मास्त्र : रणबीर कपूरको ब्रह्मास्त्र २०२२ को बहुप्रतिक्षित फिल्म मध्ये एक थियो। फिल्मको भिएफएक्स निकै प्रभावशाली थियो । भारतमा यो फिल्मले करिब २५७ करोड भारु कमाएको थियो ।

१०. दृश्यम-२ : अजय देवगन स्टारर यो फिल्मको दर्शकहरुले लामो समयदेखि प्रतिक्षा गरेका थिए । फिल्म रिलिजपछि यसको कथाको निकै प्रशंसा भयो । दर्शक पनि सिनेमा हलमा पुगे र फिल्मले २०० करोड भारु भन्दा बढी कमाइ गर्यो ।

प्रतिक्रिया