नयाँ वर्ष २०२३ : कहाँकहाँ हुँदैछ चुनाव ?

काठमाडाैं । विभिन्न किसिमका समाचार बीच वर्ष २०२२ वितिसकेको छ । अब नयाँ वर्षमा धेरै कुराहरू हुनेछन्, नयाँ अवसरहरू सृजना हुनसक्छन् ।
नेपालमा २०२२ को अन्त्यमा हालसालै निर्वाचन सम्पन्न भएको छ भने आगामी वर्ष विभिन्न देशमा चुनावको तयारि हुँदैछ । यसक्रममा हाम्रा दुई छिमेकी पाकिस्तान र बंगलादेशमा यहि वर्ष आम निर्वाचन हुँदैछ । पाकिस्तानले अहिले आर्थिक संकट तथा पर्यावरणीय प्रकोपको सामना गरिरहेको छ । अहिले त्यहाँ गठबन्धन सरकार छ जसले २०२२ मा इमरान खानको तहरीक-ए-इन्साफ पार्टीलाई सत्ताबाट हटाएको थियो ।
बंगलादेशमा सन् २०२३ को डिसेम्बरसम्ममा आम निर्वाचन हुने भएको छ । त्यहाँ शेख हसिनाको नेतृत्वमा अवामी लिगले २०१८ को आम चुनाव जितेर सरकार गठन गरेको थियो । एक अन्तर्वार्तामा शेख हसिनाले बंगलादेशको प्रधानमन्त्रीका रूपमा आफ्नो वर्तमान र लगातार तेस्रो कार्यकाल आफ्नो अन्तिम कार्यकाल हुन सक्ने संकेत गरेकी थिइन्। उनले आफूले युवा नेताका लागि ठाउँ बनाउन चाहेको बताएकी थिइन् ।
यसबाहेक यो वर्ष चेक गणतन्त्र, मोन्टेनेग्रो , अर्जेन्टिना, लाइबेरिया तथा प्रजातान्त्रिक गणतन्त्र कंगोमा राष्ट्रपतीय निर्वाचन हुने छन् भने नाइजेरिया, क्युबा, पाराग्वे, थाइल्याण्ड, टर्की, ग्वाटेमाला, म्यानमार, सुडान तथा कम्बोडिया जस्ता देशमा आम चुनाव हुनेछ । यसैगरि स्लोभाकिया, इक्वेडर र मालीले जनमत संग्रह मार्फत आफ्नो देसको राजनीतिक भविष्य तय गर्नेछन्।

प्रतिक्रिया