आइतबार, जेठ ६, २०८१

नव बर्ष २०२३ मा मिथुन राशिको भविष्य

नेपालखोज २०७९ पुष १७ गते ८:५५

नयाँ वर्ष अर्थात् नयाँ वर्ष २०२३ आउन लागिसकेकाे छ । ज्योतिषिय दृष्टिकोणले यो वर्ष कस्तो रहनेछ ? हेरौं मिथुन राशिका लागि यो वर्षको भविष्यफल :

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :

मिथुन राशि हुनेहरुका लागि कार्यक्षेत्र र विद्याआर्जनका दृष्टिले नयाँ वर्ष २०२३ उत्कृष्ट रहनेछ । नोकरी तथा व्यवसायमा स्तरबृद्धि वा पदोन्नतिको योग छ । रोजगारीको आवश्यकता भएका व्यक्तिको मनोकामना पूरा हुनेछ । यो विद्यार्थीहरूका लागि अनुकूल वर्ष हो ।

प्रायोगिक तथा प्राविधिक क्षेत्रका शिक्षार्थी तथा अनुसन्धान वा अन्वेषणको क्षेत्रका छात्रछात्राले विशेष सामर्थ्य आर्जन गर्नेछन् । किशोरावस्थाका छात्रछात्रामा उच्छृङ्खलता बढ्नसक्छ । पारिवारिक वातावरण रमाइलो रहनेछ । प्रेमजीवन र दाम्पत्य सम्बन्धमा भने उतारचढाव आइरहनेछ । पुराना जोडीहरूमा पनि विवाद र कलहको योग छ । व्यर्थ र फाल्तु खर्चको मात्रामा बृद्धि हुनेछ । व्यक्तिगत स्वास्थ्य राम्रो रहनेछ भने पिताजीको स्वास्थ्यस्थितिमा भने समस्या देखापर्न सक्छ ।

समग्रमा मिथुन राशि हुनेहरूका लागि यो वर्ष अष्टम भावमा बसेको शनिको अढैयाको प्रकोप रहने वर्ष हो । कार्यक्षेत्रमा अनेक कठिनाइ तथा हण्डर – ठक्करको सामना गर्नुपर्नेछ । मानसिक रूपमा निर्बल महसुस हुनसक्छ । स्वास्थ्यसम्बन्धी सानातिना समस्याहरू झेलिरहनु पर्नेछ । सुरुमा झमेला र सङ्घर्षको स्थिति भए पनि अन्त्यमा कार्य सफल हुनेछ । अनावश्यक वादविवाद तथा कानुनी चक्रबाट जोगिनु बेस हुन्छ ।

वर्षको मध्यभागमा लामो दूरी वा वैदेशिक प्रयोजनको यात्राको सम्भावना छ । दाजुभाइ तथा दिदीबहिनीहरुसँग सुमधुर एवं आत्मीय सम्बन्ध रहनेछ । जग्गाजमिन तथा घरघडेरीको कामबाट लाभ लिन सकिनेछ । विद्यार्थीहरूले राम्रो परिणामका लागि निकै मेहनत गर्नुपर्नेछ । पतिपत्नीका बीचमा वैचारिक मतभेद देखापर्नसक्छ । नोकरीमा स्थानान्तरणको योग छ । सरुवा वा कामविशेषले घर छाड्नुपर्ने परिस्थिति बन्नसक्छ ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यवहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया