खेलकुदको संसारमा के हुँदैछ वर्ष २०२३ मा ?

काठमाडाैं । यो वर्ष पनि खेलकुद जगत निकै व्यस्त रहनेछ । वर्षको प्रमुख खेलकुद घटनाहरू मध्ये एक फिफा महिला विश्वकप अष्ट्रेलिया र न्यूजील्याण्डले संयुक्त रूपमा आयोजना गर्नेछन् ।
सन् २०२२ को एसियाली खेलकुद २०२२ को सेप्टेम्बर १० देखि २५ सम्म चीनको झेजियाङ प्रान्तमा प्रस्ताव गरिएको थियो । चीनमा कोरोना भाइरसको संकटका कारण यो मेगा प्रतियोगिता स्थगित गरी २०२३ का लागि सारिए पनि यो वर्ष पनि कोरोनाकै कारण यो प्रतियोगिता हुने हो कि होइन अनिश्चितता र अन्योल बढेको छ ।
सन् २०२३ को पुरुष हक्की विश्वकप यहि जनवरीमा हुँदैछ । यो प्रतियोगिता भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियम तथा ओडिशाको राउरकेलामा निर्माणाधीन बिरसा मुन्डा अन्तर्राष्ट्रिय हक्की स्टेडियममा हुनेछ।
क्रिकेटको दृष्टिकोणले यो वर्ष निकै विशेष रहने छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ भारतमा हुने भएको छ । यससँगै आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पनि यहि वर्ष हुनेछ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अष्ट्रेलियाको स्थान लगभग पक्का भएको छ । ब्रिसबेन र एमसीजी टेस्टमा अष्ट्रेलियासँग दक्षिण अफ्रिकाको पराजयले भारतलाई प्रतियोगिताको फाइनलमा पुग्न मद्दत गरेको छ ।
भारतमा सन् २००८ मा आईपीएल सुरु भए पनि २०२३ मा पहिलो महिला आईपीएल पनि हुनेछ । यसको उद्घघाटन अर्थात पहिलो संस्करणको खेल मार्च ३ देखि २६ सम्म हुने सम्भावना छ ।
आईसीसी महिला टी–२० विश्वकप २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुँदैछ । भने आईसीसी अन्डर-१९ महिला टी-२० विश्वकप – २०२३ को पहिलो संस्करण जनवरी १४ मा दक्षिण अफ्रिकामा सुरु हुनेछ। यश बाहेक वर्षेनि संचालन हुने नियमित प्रतियोगिताहरु पनि संचालनमा आउने नै छन ।

प्रतिक्रिया