प्रदेश १ : २४ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न सकिने
नेपालखोज
२०७९ पुष १७ गते १३:०७
विराटनगर । प्रदेश–१ का प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेश १ को पहिलो अधिवेशन पनि आजैबाट सुरु हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया